वाग्मती प्रदेशसभाको बैठक आज बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने

17.3k Shares

वाग्मती । वाग्मती प्रदेशसभाको सातौं अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि  छलफल प्रारम्भ हुने सो सचिवालयले जनाएको हो । 
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशका मुख्यमन्त्री  पौडेल तथा सत्तारुढ नेकपा संसदीय दलका नेताहरुसँग गएराति छलफल गरी आज दिउँसो १ बजे बैठक बस्ने गरी सहमति भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताएका छन् ।
प्रदेशसभाको कार्यपरामर्श समितिको बैठकले हिजो बैठक बोलाउन सभामुखलाई मुख्यमन्त्री तथा सत्तारुढ दलका नेताहरुसँग सहमति गरेर ल्याउन भनिएअनुसार सभामुख श्रेष्ठले बैठक आह्वान गरेको सचिवालयका सचिव खड्काले जानकारी दिएका छन् । प्रदेशसभाको सातौं अधिवेशन बैठक गत माघ ७ गते दिउँसो सञ्चालन भई विभिन्न दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरिसकेपछि सभामुख श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगन गरेका थिए । रासस

सम्बन्धित समाचार