सिद्धार्थ राजमार्गमा सवारी आवागमन प्रभावित

18.9k Shares

पाल्पा, १९ असार । अविरल बर्षाको कारण पाल्पाको तानसेन नगरपालिका–८ डुम्रे नजिकै सिद्धार्थ राजमार्गमा पहिरो खसेर सवारी आवागमन प्रभावित भएको छ । 

मंगलबार मध्यान्ह १२ बजे खसेको पहिरोका कारण डुम्रे हुँदै बुटवलतर्फ आउँने जाने सवारी साधन प्रभावित भएका हुन् । पहिरो हटाइ सडक खुलाउने प्रयास भइरहेको प्रहरी चौकी प्रभासले जनाएको छ । 
 

सम्बन्धित समाचार