काठमाडौ । पुषसम्ममा नरसंहार गर्ने उद्घोषका साथ गोदावरीको भृकुटी होटलमा पुस ७ गतेबाट सुरु भएको नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय समितिको बैठक तनावग्रस्त हँुदै पुुस ९ गते मध्यरातमा सम्पन्न भएको छ ।
नेकपा ओलिको केन्द्रिय सदस्यमा मनोनित उपाध्यक्ष सर्मिला कार्की र सदस्य कुमार थापाले एउटै समयमा दुईवटा बैठकमा सहभागीता जनाएकोमा प्रश्न उठेपछि हात हालाहालको अवस्थामा पुगेको र अपशब्द समेत प्रयोग भएको एक सहभागिले बताए ।
विवादका क्रममा नेकपा ओलि समर्थित केही सदस्यहरुले संसद विघटन गर्ने शक्ति राख्नेका अगाडि बर्तमन तदर्थ समितीका सदस्यले फुर्ती नगर्न भन्दै धम्की समेत दिइएको बुझिएको छ ।
रेडक्रसको केन्द्रिय समितिमा बिगतदेखि नै सहभागी हुँदै आएका
एक सदस्यका अनुसार यति अशिष्ट र अनुशासनहिन बैठक पहिले कहिल्यै भएको थिएन ।
कर्मचारीको खोसेर पदाधिकारीलाई
रेडक्रसबाट कुनै सुविधा नलिने भन्दै आदर्शको कुरा गर्ने वर्तमान कार्यसमितिले पदाधिकारी र केही सदस्यका लागि भत्ता उपलब्ध गराउने निर्णय गरेको बुझिएको छ । कर्मचारीले पाउँदै आएको गाडी सुविधालाई कटौती गर्दै ती सवारी साधनहरु केही वेरोजगार केन्द्रिय सदस्यलाई उपलब्ध गराउने उदेश्य राखिएको छ ।
३ महिनेबाट १५ महिने बनेको यो तदर्थ समितिले पनि संस्था नविकरण र रेडक्रस ऐन ल्याउन नसक्ने लक्ष्यण देखा पर्न थालेका छन् ।