संघीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसदमा पेश हुन्छ : मन्त्री राई

18.2k Shares

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन् । 

उनले भने, ‘संघीय शिक्षा ऐन कहिले आउँछ सदन भनेर धेरै माननीयज्यूहरुले जिज्ञासा राख्नु भएको छ । मैले यस बारेमा पनि यहाँहरुलाई निवेदन गरिसकेको छु । असार ४ गते त्यो मन्त्रीपरिषदमा दर्ता भइसकेको छ । आज १२ गते हो । मलाई लाग्छ आजको क्याबिनेटमा त्यो आइसकेको होला । र, मन्त्रीपरिषद्ले अनुमति दिनेवित्तिकै संसदमा त्यो विधेयक दर्ता हुने कुरा माननीयजीहरुलाई निवेदन गर्न चाहन्छु । र, त्यो ऐन बन्ने बित्तिकै, त्यो विधेयक संसदले पारित गर्ने बित्तिकै विद्यालय शिक्षा क्षेत्रमा दातृ निकायहरुले पनि गुणस्तर सुधारका निम्ति पर्याप्त सहयोग गर्न सक्ने जानकारी चाहिँ भेटवार्ताहरुमा दिने गरेका छन् । दरबन्दी व्यवस्थापन, पाठ्यक्रम व्यवस्थालगायतका विद्यालय विद्यालय सुधारका धेरै काम यो ऐनले पूरा गर्नेछ ।’

मन्त्री राईले विद्यालय शिक्षा क्षेत्रको सुधारका लागि दातृ निकायहरुले पर्याप्त सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको सदनलाई जानकारी गराए ।  

सम्बन्धित समाचार