सरकारी निवासमा  बादलको छुट्टै भेला 

18.5k Shares

काठमाडौं । गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापाले आफू निकट केन्द्रीय सदस्य तथा सांसदहरुको छुट्टै भेला गरेका छन् । पुलचोकस्थित सरकारी निवासमा उनले आफू पूर्वमाओवादीमा हुँदाका निकटस्थहरुको भेला गरेका हुन् ।  भेलामा स्थायी कमिटी सदस्यहरु पम्फा भुसाल र देव गुरुङसहितका नेता सहभागी रहेको स्रोतले जानकारी दियो । बादलले आफूसँग ३५ जना केन्द्रीय समितिका सदस्यहरु रहेको दाबी गर्दै आएका छन् । त्यस्तै ६ जना सांसद पनि आफ्नो गुटमा रहेको बादलको दाबी छ । 

सम्बन्धित समाचार