इजरायली राजदूत गोदेरले भेटे कांग्रेस नेता विमलेन्द्र निधिलाई

18.5k Shares

काठमाडौं, ३२ जेठ । नेपालका लागि इजरायली राजदूत खनान गोदेरले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँग भेटघाट गरेका छन् । 

नयाँबानेश्वरस्थित निधि निवासमा बिहीबार पुगेका राजदूत गोदेरले नेता निधिलाई भेटेका हुन् ।  भेटका क्रममा उनीहरुबीच नेपाल इजरायलबीचको पारस्परिक सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको छ । 

साथै इजरायबाट नेपालको कृषि क्षेत्रमा भएका सहयोग र हुन सक्ने थप  सहयोगबारे पनि कुराकानी भएको बताइएको छ । 

 

सम्बन्धित समाचार