सरकारले बोलाएको वार्तामा आज पनि गएनन् उखु किसान

18.8k Shares

काठमाडौं । आन्दाेलनरत उखु किसानले सरकारसँग वार्तामा नबस्ने अडान लिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बाेलाएकाे वार्तामा आज पनि उनीहरू गएनन् । मन्त्रालयले हिजाे पनि वार्तामा बाेलाएकाे थियाे । तर, गत वर्षकाे सहमति कार्यान्वयन नभएसम्म वार्तामा नबस्ने किसानकाे अडान छ ।
हिजाे चिनी उद्योगीसँग छलफल गरेको मन्त्रालयले उखु किसानलाई वार्तामा आउन आग्रह गरे पनि उनीहरू वार्ता नगर्ने भन्दै माइतीघर मण्डलामा धर्नामा बसिरहेका छन् ।
उखु किसान संघर्ष समितिका सचिव हरी श्याम रायले सरकारले आज पनि वार्तामा बोलाएकाे तर आफुहरू नगएकाे बताए ।  “गत वर्षको सहमति कार्यान्वयन नगरेसम्म वार्तामा नबस्ने सबै किसानले भनेका छन् । आज पनि वार्तामा गएनाैँ । हामी वार्तामा बस्दैनौँ,” उनले भने । 

सम्बन्धित समाचार