सीईओ शेरचनका कारण संकटमा पर्दै प्रभु बैंक

22.5k Shares

खराब कर्जा ऋण असुलीका लागि धमाधम ३५ दिने सूचना जारी गर्दै

काठमाडौं । नाम चलेका सहकारीहरु एकाएक टाट पल्टिरहेको अवस्थामा कमर्सिएल बैंकहरुमा पनि सहकारीहरुकै जस्तै खराब कर्जाका कारण टाट पल्टिने अवस्थामा पुगेका छन् ।

विशेष गरी प्रभु बैंक खराब कर्जाका कारण धरासही हुँने अवस्थामा पुगेको सो बैंककै कर्मचारीहरुले बताउने गरेका छन् । शेयर धनी र निक्षेपकर्ताहरुको अगाडि बैंक फाइदामा भएको भनिए पनि खराब कर्जाका कारण कुनै पनि बेला संकटमा पुग्ने अवस्थामा पुगेको कर्मचारीहरुले नै बताउने गरेका छन् ।

सिईओ अशोक शेरचनले नेतृत्व गरेको प्रभु बैंकबाट प्रवाह भएका ऋणको अधिकांश कर्जा खराब रुपमा परिणत भएको तथ्य फेला पर्न थालेको छ । शेरचनले स्विकृत गरेको ऋणहरु खराब नजिर भएका संस्था र व्यक्तिसँग राम्रो सम्बन्ध भएकै कारण लगानी गरेको पाइएको छ । जसले गर्दा हजारौं बचतकर्ताको निक्षेप रकम डुब्ने खतरा बढेको छ । शेरचनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई १ अर्ब २० करोड कर्जा प्रवाह गरेको र त्यसको सावाँ र ब्याजसमेत नआएका कारण बैंक अप्ठ्यारोमा पर्ने अवस्था आएको छ । यसैगरी प्रभु बैंकले थप अन्य जोखिमयुक्त कम्पनीहरुलाई पनि कर्जा प्रवाह गरेको भेटिएको छ । सीइओ अशोक शेरचनले कर्जा डुब्न सक्ने जोखिमलाई आँकलन नगरी हचुवामा कर्जा प्रवाह गर्दा बचतकर्ताको अर्बौं रकम जोखिममा परेको छ ।

‘विश्वास लिन्छौं, विश्वास दिन्छौँ’ भन्दै २०७० सालमा स्थापना भएको प्रभु बैंक पछिल्लो समय खराव कर्जाको दलदलमा फसेका कारण संकटमा पर्ने अवस्थामा पुगेको स्रोतले दाबी गरेको छ । यो अवस्था लम्बिदै गए प्रभु बैंकमा निक्षेपकर्ताको रकम जोखिममा पर्न सक्ने देखिन्छ । बैंकका सिइओकै सिफारिसमा विवादित सहकारीकर्मी रबिन्द्र चौंलागाईंले चढ्ने ल्याण्डक्रुजर गाडीमा लगानी गरेको प्रभु बैंकका कर्मचारीले किस्ता नतिरेको वर्षदिन पुग्न लाग्दासमेत सो गाडीलाई तान्ने आँटसम्म नगरेको सातदोबाटोस्थित प्रमु बैंकका एक कर्मचारीले बताएका छन् । सातदोबाटो केन्द्रीय कार्यालय रहेको देउराली सहकारीका अध्यक्ष रविन्द्र चौंलागाईंले प्रमु बैंकसँग गाडी मात्र होइन अरबौं ऋण लिए पनि त्यसको साँवा र ब्याजसमेत नबुझाएका चौलागाईंले केही दिन अगाडि सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभ संचालक बनी सुमेरुको सम्पत्ति पनि धरासाही पार्ने उद्देश्यले बैंकका कर्मचारीहरु सुमेरु मार्टमा रहेको जग्गा देखाउनसमेत पछि नपरेको खोजतलास साप्ताहिकले समाचार प्रकाशित गरेको थियो । चौंलागाईंसँग फसेको अरबौं ऋण उठाउनको लागि सुमेरु मार्टको जग्गा हेर्न दैनिकजसो प्रमु बैंकका जिम्मेवार अधिकारीहरु आउने गर्थे । यसरी खोजतलासलगायत विभिन्न संचार माध्यममा प्रभु बैंक र चौंलागाईंको विषयलाई जोडेर समाचार प्रकाशित हुन थालेपछि प्रभु बैंकले रविन्द्र चौलागाईंले लिएको ऋण उठाउनको लागि ३५ दिने सूचनासमेत जारी गरिसकेको छ ।

प्रभु बैंकले देउराली सहकारी,  शिवशिखरलगायत नाम चलेका सहकारीहरुमा करोडौं रुपैयाँ खराक कर्जा प्रवाह गरेको पाइएको छ । ती सहकारीहरुले आफ्नो निक्षेपकर्ताहरुलाई त रकम दिन नसकिरहेको अवस्थामा प्रभु बैंकबाट लिएकार ऋण र साँवा कसरी बुझाउँछन् ? त्यस कारण पनि प्रभु बैंक कुनै पनि बेला धराशाही हुने अवस्थामा पुग्ने पक्कापक्की जस्तै भएको प्रभु बैंककै कर्मचारीहरुले चिया गफ गर्ने गरेको पाइएको छ ।

बैंकले ३५ दिने सूचना जारी गरेपछि चौंलागाईंं तिल्मिलाउँदै विभिन्न संचार माध्यममा प्रभु बैंकले अरबौंको सम्पत्ति खाने योजना बनायो भन्दै समाचारहरु प्रकाशित गर्न समेत पछि परेनन् । विगतमा चौलागाईं र शेरचन मिलेर यस्ता धेरै खराब कर्जामा ऋण प्रवाह भएको समेत स्रोतले दाबी गरेको छ । अहिले शेरचन र चौंलागाईंको कुरा नमिल्दा आफ्नो कट्टु खोलाखोलको अवस्थामा पुगेको समेत स्रोतले दाबी छ ।

प्रभु बैंकले प्रवाह गरेका ऋण धेरैजसो खराब नजिर भएका संस्था र व्यक्तिमा लगानी गरेको पाइएको छ । त्यस्तै बैंकबाट ७५ करोड कर्जा लगानी भएको शिव शिखर एग्रोकी सञ्चालक गिता शर्मा पनि यतिबेला रकम हिनामिना गरेको आरोपमा थुनामा छिन् । यसैसँग आवद्ध शिवशिखर सहकारीको बचत फिर्ता गर्न नसक्दा उनका श्रीमान केदारनाथ शर्मा फरार छन् भने अन्य सञ्चालकहरु पुष्कर मल्ल र अनिश राज भण्डारी यसअघि पक्राउ परिसकेका छन् । यसरी गलत पात्र र तिनका कम्पनीहरुमा लगानी भएको बैंकको रकम नउठ्ने जोखिम बढ्दा हजारौं बचतकर्ताको निक्षेप रकम डुब्ने खतरा बढेको हो ।

बिग मर्जरमा जानु अघिनै बैंक कमजोर रहेको थियो । आफ्ना कमजोरी लुकाउन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक सेरचनले धेरै हत्कण्डा अपनाउने गरेका छन् । चैत मसान्तसम्म बैंकले देखाएको रिपोर्ट अनुसार बैंकको खराब कर्जा अनुपात (एनपीएल) ३.४८ प्रतिशत पुगेको छ । तथापी यो तथ्यांक भन्दा अझ धेरै खराव कर्जा छ । जसलाई बैंकले गुपचुप अवस्थामा राखेको छ ।

अघिल्लो वर्ष एनपीएल १.२१ प्रतिशतमा सीमित रहेको बैंकको खराव कर्जा आगामी असार मसान्तसम्म १० प्रतिशत पुग्ने देखिन्छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक सेरचनले विभिन्न ठुला गु्रपसँग मिलेर व्यवसाय संचालन गरिरहेका छन् । जसमा उनी आफै प्रत्यक्ष संलग्न भएर कर्जा प्रवाह गरेको देखिन्छ । बैंकले करिव १० अर्ब डुवेको रकम रिपोर्टमा देखाएको छैन ।

बैंकले डुव्दै गरेका कम्पनीका नाममा कर्जा प्रवाह गर्ने र त्यसबाट सिइओले फाइदा लिने गर्दा बैंकको रकम जोमिमतर्फ गएको हो । बैंकको खराव सुचकांक बढ्दै गएको छ । बैंकको ईपीएस घटेर ११.०७ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १५.७२ रुपैयाँ थियो । पीई रेसियो १२.३२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४२.८५ रुपैयाँ रहेको छ ।

ठूलो र बलियो बन्ने होडबाजीले प्रभु बैंकले हालै सेन्चुरी बैंकलाई आफूमा गाभेर एकीकृत कारोबार गरेको छ । प्रभु बैंकले १ः१ को स्वाप अनुपातको समान हैसियतमा सेन्चुरीलाई प्राप्ति गरेको हो । सेन्चुरी बैंकबाट पनि देउराली सहकारीका विवादित र निक्षेपकर्ताहरुको अगाडि समेत पर्न नसक्ने अवस्थामा पुगेका रविन्द्र चौंलागाईंले अरबौं ऋण लिएको र सो ऋणको सावाँ र ब्याजसमेत नतिरेका कारण सेन्चुरी र प्रभु गाभिदा झन प्रमु बैंकलाई सिधै असर पर्दा प्रभु बैंक कुनै पनि बेला धरासाही अवस्था आउन सक्छ ।

हाल बैंकका अध्यक्ष लीलाप्रकाश सिटौला कायम छन् भने प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन शेरचनको अवधि सकिएपछि जबरजस्त बैंक मर्जर गराएर उनलाई फेरि सिइओ बनाइएको हो । उनको यस अघि आठ बर्ष अर्थात् दुइ कार्यकालको अवधि पुरा भइसकेको छ । सो भन्दा बढी एउटै बैंकमा बस्न नमिल्ने राष्ट्र बैंकको नियमामवलीमा उल्लेख छ ।

शेरचनले व्यक्तिगत स्वार्थका लागि मनपरी ढंगले गलत कम्पनीमाथि लगानी गर्दा बैंकको खराब कर्जा निकै बढेको छ । प्रभु बैंकको एनपीएल गत आर्थिक वर्षमा १ दशमलव २१ प्रतिशत रहेकोमा अहिले बढेर ३ दशमलव ४८ प्रतिशत पुगेको हो । यो प्रतिशत तुलनात्मक हिसावले हेर्दा झण्डै दोब्बरले बढी हो । त्यस्तै बैंकको ईपीएस घटेर ११.०७ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १५.७२ रुपैयाँ थियो । पीई रेसियो १२.३२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४२.८५ रुपैयाँ रहेको छ । त्यसो त अशोक शेरचनलाई उनको मनपरीमा लगाम लगाउने कोही देखिँदैन किनकि प्रभु गु्रपका अध्यक्ष तथा सांसद देवीप्रकाश भट्टचननै उनका संरक्षक हुन् । बैंक तथा वित्तीय संस्थाका नियामक निकाय नेपाल राष्ट्र बैंकसमेत शेरचनको प्रभावमा परेको छ । उनका गलत क्रियाकलापका विषयमा पटकपटक गुनासो र उजुरीनै पर्दा समेत मुकदर्शक बनेर उल्टो प्रोत्साहित गरिरहेको छ ।

यसअघि नेपाल राष्ट्र बैंकमा २०७६ साल १२ गते पुगेको उजुरी उपर राष्ट्र बैंकले आजसम्म पनि कुनै कारबाही अगाडी बढाएको छैन, उल्टै शेरचनका विरुद्धमा परेको उजुरीका सम्वन्धमा सञ्चालक समितिसँग जवाफ माग्नुपर्नेमा उल्टै उनैसँग स्पष्टिकरण सोधियो र घटनालाई सामसुम पार्ने काम गरियो । राष्ट्र बैंकबाट बैंक सुपरिवेक्षणमा जाँदा समेत यी कुराहरुलाई औंल्याइएको देखिँदैन । राष्ट्र बैंकमा परेको उक्त उजुरीमा बैंकका उच्च पदस्थ कर्मचारीको खातामा गैरकानूनी र असाधारण तरिकाबाट जम्मा हुन आएकोले छानबिन गर्न माग गरिएको छ । तर हालसम्म पनि शेरचनकै प्रभावमा परेर राष्ट्र बैंकले उक्त खाताको अनुसन्धान नगरेको बैंककै कर्मचारीहरुको गुनासो छ ।

राष्ट्र बैंकमात्र होइन केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीसम्म शेरचनको प्रभावमा परेको छ । उनका गैरकानूनी हर्कत र वित्तीय अपराधका सम्वन्धमा परेको उजुरीमाथि आवश्यक छानबिन गरेर कारबाही अगाडि बढाउनुपर्नेमा उल्टै स्वार्थ बाझिने गरी सोही बैंकका सीइओ शेरचनकै हातबाट प्रहरी कल्याण कोषका नाममा रकम लिएपछि अन्ततः घटना सामसुम पारिएको छ । राष्ट्र बैंक सीआइबी मात्र होइन शेरचनको प्रभावमा मूलधारका सञ्चारमाध्यम समेत यतिबेला मौन छन् ।

सम्बन्धित समाचार