काठमाडौं । देशमा धर्मान्तरण कहाँ कहाँ भइरहेको छ र तारोमा को को छन् भन्ने जनगणनाले प्रष्ट पारेको छ । यसमा ठूलै लगानी र चलखेल भइरहेको छ । पछिल्लो समय धर्मान्तरणविरुद्ध आवाज नै उठ्न थालेपछि अमेरिकालगायत पश्चिमाहरु झस्किएका छन् । उनीहरु धर्मान्तरण गर्दै नेपाललाई डारफुर बनाउने डिजाइनमा लागेका थिए । तर, नेपालीहरु समयमै सतर्क भएका छन् । तर, अझै पनि धर्मान्तरणको गिरोह नै लागेको छ । उनीहरु विभिन्न प्रलोभन र अन्धविश्वास देखाएर भएपनि धर्मान्तरणमा लागिरहेका छन् । यसका लागि नेपालमा अरबौं रकम भित्रिइरहेको छ । विभिन्न बाटोबाट आउने यस्ता रकम धर्मान्तरणमा प्रयोग भइरहेको छ ।
त्यसो त देशमा हिन्दु धर्मालम्बीको जनसंख्या ८१.१९ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ । २०७८ सालको जनगणना गत शुक्रवार साँझ सार्वजनिक भएकोमा हिन्दू र बुद्ध धर्मालम्बीको जनसंख्या प्रतिशत केही घटेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार इस्लाम ५.०९, किराँत ३.१७, क्रिस्चियन १.७६ प्रतिशत रहेका छन् । २ करोड ३६ लाख ७७ हजार ७४४ हिन्दु हुँदा बौद्ध धर्मालम्बी २३ लाख ९३ हजार ५४९ रहेका छन् । इस्लाम १४ लाख ८३ हजार ६६ पुगेका छन् । किराँत ९ लाख २४ हजार २०४ र क्रिस्चियन ५ लाख १२ हजार ३१३ छन् । कुनैबेला क्रिस्चियनको जनसंख्या सुन्य भएको देशमा अब ५ लाख कटेका छन् । त्यसो त मुसलमानको संख्या पनि ह्वात्तै बढेको छ । बुद्ध धर्मालम्बी घटेका छन् । बुद्ध धर्मालम्बीहरुलाई क्रिस्चियन बनाउने गिरोह नै लागेको छ । त्यस्ता गिरोह जनजातिको वस्तीमा सक्रिय छन् । २०६९ को जनगणनामा ८१.१३ प्रतिशत हिन्दु थिए भने ९ प्रतिशत बौद्ध धर्मालम्बी थिए । यो तथ्यांक अनुसार हिन्दु ०.१५ प्रतिशत र बौद्ध धर्मालम्बी ०.७९ प्रतिशतले घटेका छन् । इस्लाम ०.६९ प्रतिशत र क्रिस्चियन ०.३६ प्रतिशतले बढेका छन् ।
यसैगरी, नेपालमा सबैभन्दा बढी जनसंख्या क्षेत्रीको रहेको छ । क्षेत्री १६.४५ छन्, पहाडी ब्राम्हण ११.२९, मगर ६.९, थारु ६.२, तामाङ ५.६२, विश्वकर्मा ५.०४, मुसलमान ४.८६, नेवार ४.६, यादव ४.२१, राई २.२, परियार १.९४, गुरुङ १.८६, ठकुरी १.७, मिजार १.५५, तेली १.४८, लिम्बू १.४२, चमार १.३५, कुशवाहा १.२२ प्रतिशत रहेको तथ्यांक छ । सबैभन्दा कम नुराङ जाति ३६ रहेका छन् ।
नेपालको कुल जनसंख्याको ४४.८६ प्रतिशतको मातृभाषा नेपाली रहेको छ । २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेकोमा १ करोड ३० लाख ८४ हजार ४५७ को मातृभाषा नेपाली रहेको हो । दोस्रोमा मातृभाषा मैथली रहेका ११.०४, भोजपुरी ६.२४, थारु ५.८८, तामाङ ४.८८, बजिका ३.८९, अवधि २.९६, नेवारी २.९६, मगर धुत २.७८ प्रतिशत छन् । २३ जना मात्र कुसुण्डा मातृभाषा रहेका छन् । नेपालमा १२७ भाषाभाषी रहेको तथ्यांक छ ।