21.2k
Shares
काठमाडौं, २३ जेठ । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिले आफ्नो वेबसाइट सार्वजनिक गरेको छ । प्रवास समन्वय समितिको कार्यालय कुपण्डोलमा आयोजित बैठककाबीच वेबसाइट सार्वजनिक गरिएको हो ।
माओवादी केन्द्रले हालसम्म आफ्नो आधिकारीक वेबसाइट सञ्चालनमा नल्याएको सन्दर्भमा प्रवास समितिले भने आफू मातहतको कामकारबाहीको गतिविधि सहजरुपमा प्रवाह गर्ने उद्देश्यले छुट्टै वेबसाइट www.nppfnepal.com सञ्चालनमा ल्याएको हो । प्रवास समन्वय समितिको बैठकमा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा संगठनका कामकारवाहीलाई थप प्रभावकारी बनाउन प्रवासमा रहेका नेता कार्यकर्ताहरूको ज्ञान, सीप र क्षमताको सदुपयोग गर्ने कुरा बताए ।