मानव शरीरमा भएका तथा हुनसक्ने विभिन्न प्रकारका समस्याको पहिचान, निदान तथा रोकथामका लागि सम्बन्धित नमुना संकलन गरेर परीक्षण गर्ने ठाउँलाई प्रयोगशाला अथवा ल्याब भनिन्छ । यसरी प्रयोगशालामा गरिने परीक्षणले जनस्वास्थ्यमा ठूलो महत्व राख्छ । जनस्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएको प्याथोलोजी क्षेत्र भनौं अथवा प्रयोगशालामा गरिने परीक्षणपछि सही रिपोर्ट आउन सकेन भने रोगको उचित पहिचान तथा उपचार सम्भव हुँदैन । कुनै पनि रोग लागेपछि त्यसको उपचार गर्न कुन समस्या हो भन्ने एकीन हुन आवश्यक छ । त्यसपछि मात्र त्यसको उपचार सही दिशामा जान्छ । बिरामीको समस्या पत्ता लगाउने यही विधि नै प्याथोलोजी हो । प्याथोलोजी भनेको ‘स्टडी अफ डिजिजेज’ अर्थात् रोग पहिचान गर्ने पद्धति हो । प्याथोलोजीमा बिरामीको शरीरको कुनै पनि भाग (¥याल, रगत, मासु, शरीरमा जमेको पानी) आदि ल्याब टेस्ट हुन्छ । गुणस्तरीय स्वास्थ्योपचारका लागि प्याथोलोजीलाई महत्वपूर्ण मानिएको छ । यसै विषयलाई लिएर सुमेरु अस्पलतालका प्याथोलोजीस्ट डा. सुजन शर्मा जसले कस्तुरबा मेडिकल कलेज कर्नाटक इन्डियाबाट विशेषज्ञता हासिल गर्नुभएको छ । उहाँ एशोसिएसन अफ क्लिनिकल प्याथोलोजिीस्टका साथै इन्टरनेशनल एकेडेमी अफ प्याथोलोजी नेप्लीज डिभिजनको महासचिव पनि हुनुहुन्छ उहाँसँग खोजतलास साप्ताहिकले गरेको संक्षिप्त कुराकानी ः
० हस्पिटको ल्याबै पिच्छे विरामीको रोगको परिक्षण गर्दा फरक—फरक रिपोर्ट आउनुको कारण के होला ?
यसमा धेरै फ्याक्टरहरू छन् । एउटा फ्याक्टर भनेको ऐरार हो । ऐरर प्रिएनालाटिकल, एनालाइटिकल र पोष्ट एनालाइटिकल हुन्छ । प्रि—एनालाइटिकल ऐरर भनेको पेसेन्टको रगत तानेर मेसिनमा राखुन्जेलसम्म हुन्छ । अर्कोचाहिँ एनालाइटिकल ऐरर हो जुन मेसिनमा राखेर चलाएको अवस्थामा हुन्छ । अर्कोचाहिँ पोष्ट एनालाटिकल ऐरर हुन्छ । जुन मेसिनको रिपोर्ट आयो त्यो पेसेन्टको हातमा पु¥याउनु भन्दा अगाडि आउने ऐरर हो । धेरै ऐरर चाहिँ प्रि—एनालाइटिकलमा देखिन्छ । त्यो ऐररहरूलाई हामीले मिनिमाइज गर्नसके भने हामीले धेरै ऐररलाई मिनिमाइज गर्न सक्छौैं । कतिपय अवस्था भनेको पेसेन्टबाट पनि रिपोर्ट फरक आउन सक्छ । जस्तै कि समयसम्म खाना नखाई रगत निकाल्नुपर्ने हो त्यो समय अगावै वा ढिला भएमा पनि पेसेन्टको रिपोर्ट फरक निस्कन सक्छ । त्यस्तै ब्लड तान्दाको अवस्था र विरामीको लेवलको अवस्थामा पनि रिपोर्ट फरक आउनसक्छ । ल्यावका कस्तो मेसिन र उपकरणहरू ल्याइएको छ । ल्यावमा मेसिन र उपकरणहरू गुणस्तरयोग्य छ कि छैन त्यसबाट पनि पेसेन्टको रिपोर्ट फरक पर्न सक्छ । ल्याव जाँच म्यानुअली, सेमिअटोमेटिक, फुल अटोमेटिक मेसिनहरूमा गर्न सकिन्छ । तपाईंको ल्यावका कस्ता मेसिनहरू प्रयोग भएका छन् त्यस अनुसार पनि रिपोर्टमा तलमाथि पर्न सक्छ ।
० ल्यावमा प्रयोग हुने मेसिन र उपकरणहरू गुणस्तरीय छ कि छैन भन्ने कसरी थाहा हुन्छ ?
पछिल्लो समय विरामीको रोगको परिक्षण गर्न गुणस्तरीय उपकरणहरू प्रयोग हुने गरेका छन् । गुणस्तरीय उपकरणबाट गरिने परिक्षणमा खासै फरक आउँदैन । मैले काम गरेको सुमेरु हस्पिटलको ल्यावमा भन्नुपर्दा करिब डेढ वर्ष अगाडि सरकारले तोकेको मापदण्डअनुसारको गुणस्तरीय उपकरणहरू प्रयोगमा आएका छन् । सुमेरु अस्पतालमा प्रयोग भएका मेसिनहरू गुणस्तरीय र सरकारले तोकेको मापदण्डअनुसार नै छ किनकी म आफै र ल्याप प्रमुख पुष्प सरले छानेर र बुझेर ल्याएका मेसिनहरू छन् ।
० अन्य अस्पतालको रिपोर्ट र सुमेरु अस्पतालको रिपोर्टमा के फरक छ ?
सुमेरु अस्पतालको रिपोर्टमा डाक्टरको सही गरेको हुन्छ । किनकी हामीहरूले ल्यावबाट निक्लिएको रिपोर्टलाई रिचेक गर्छौं । हामीहरूले चार जनाले चेकजाँच गरेपछि मात्र पेसेन्टलाई रिपोर्ट दिने गर्छौं । एक जनाले गरेको चेकजाँचलाई अर्कोले फेरि चेकजाँच गर्दा केही गल्नी फेला पर्न सक्छ, फेरि त्यसलाई पनि अर्कोले चेक गर्दा कहिँ त्रुटी भएको देख्न सकिन्छ त्यसलाई पनि फाइनल चेक गरी डाक्टरले सही गरेर मात्र पेसेन्टलाई रिपोर्ट दिने गरिन्छ । यसरी रिपोर्ट तयार पर्दा त्रुटीमा मिनिमाइज हुन्छ । त्यसैले विगतमा सुमेरु अस्पतालको ल्यावको रिपोर्ट गुणस्तरीय छँदै थियो, पछिल्लो समयमा सुमेरु अस्पतालको रिपोर्टमा गुणस्तरीय, विश्वसनीयता छ । किनकी अहिले सुमेरु अस्पतालको ल्यावमा हामी दुई जना सिनियर प्याथोलिजिस्ट डाक्टर समिर न्यौपाने र एउटा म भइहाले । हामीहरूको लामो अनुभव यस ल्यावमा प्रयोग गर्दै आइरहेका छौं । यसै हस्पिटललाई कर्मथलो बनाएर यसलाई कसरी हुन्छ राम्रो बनाएर लाने सोचका साथ हामीहरूले मेहनत गरिरहेका छौं । टेक्निसियन तथा टेक्नोलोजिस्ट भाइ बहिनीहरूले तयार पारेको रिपोर्ट आफूहरूलाई शंका लागे आफैले हेर्ने गर्छौं । अझ यसले पनि आफूलाई चित्त नबुझे पेसेन्टको विगतदेखि अहिलेसम्मको अवस्था बुझ्ने कार्य पनि गर्छौं । त्यसैले पनि सुमेरु अस्पतालको ल्यावको रिपोर्ट विश्वसनीयतामा कुनै शंका गर्ने ठाउँ छैन ।
० प्याथोलोजिस्टले विरामीको रोग कसरी पत्ता लगाउँछन् ?
प्याथोलोजिमा चारवटा प्रोसेस हुन्छन् । एउटा एटियोलोजी, प्याथोजेनेचिच, क्लीनीकल प्रिजेन्टेशन र मर्फोलोजिकल चेन्जेज । एटियोलोजी (भाइरस तथा तथा माइक्रोब) द्वारा एक्ट गर्छ । एक्ट गरेपछि मान्छेको शरीरमा चेन्ज आउँछ । कहिले फिवरले प्रिजेन्ट गर्छ कहिले खोकीले प्रिजेन्ट गर्छ । त्यो भएपछि क्लिनिकल सिम्टमहरू देखा पर्छ त्यसपछि ब्लडमा प्यारामिटरर्सहरू चेन्ज हुन्छ, त्यही म्यारामिटर्सहरूलाई चेन्ज पत्ता लगाउनलाई प्रयोगशालामा टेस्ट गरिन्छ । त्यसपछि मात्र डाइग्नोसिस हुन्छ । त्यसपछि मात्र विरामीले उपचार पाउँछ । त्यसकारण प्याथोलोजि भनेको खाली ब्लडको मात्र चेकजाँच गर्ने हो ? हामीलाई क्लिनिकल डिटेल्स पनि चाहियो । यो रोग भएको मान्छे खोकी लागेर आउँछ, ज्वरो आएर आउँछ, यो रोग भएको मान्छेको पेट दुख्छ, डारिया हुन्छ, यो रोग भएको मान्छेको छाति दुख्छ, यो रोग भएको मान्छेको यतापटिको पेट दुख्छ भन्ने हामीलाई थाहा हुन्छ । ब्लड प्यारामिटर र क्लिनिकल डिटेल्स मिलेपछि हामीले डाइग्नोसिस दिन्छौं । त्यो डाइग्नोसिस विरामीले क्लिनिक डाक्टरकोमा लिएर जान्छन् । त्यसपछि क्लिनिकल डाक्टरले विरामीलाई सोही आधारमा उपचार विधि अप्नाउँछन् । अब डाइग्नोसिसबाटै गल्ती भयो भने क्लिनिकल डाक्टरले अप्नाएको उपचार विधि मिल्दैन । त्यसैले उपचार विधिमा डाइग्नोसिस पार्ट भनेको मेरुदण्ड हो । यस्ता कुरा हामीहरूले पहिलो बुझाउन सकेका थिएनौ र आम मासिनहरूले बुझेका पनि थिएनन् । विरामी क्लिनीकल डाक्टरकोमा उपचारका लागि जान्छन् डाक्टरले प्याथोलोजिस्टको रिपोर्ट अनुसार औषधी दिने गर्छ । त्यसैले विरामी उपचारको लागि क्लीनिकल डाक्टरदेखि लिएर प्याथोलोजिस्टको पनि उत्तिकै महत्व रहन्छ । प्याथोलोजिस्ट भनेको विरामीको उपचार विधिको लागि वास्तवमा पर्दा पछाडिको महत्वपूर्ण भूमिका खेल्ने पार्ट हो ।
० पछिल्लो समय केही अस्पतालको ल्यावको रिपोर्ट फरक—फरक आएको भन्दै सरकारले कारबाहीको दायरामा ल्याएको छ, फरक—फरक रिपोर्ट आउनुको कारण के होला ?
बास्तवमा अस्पतालको ल्याबको रिपोर्ट फरक—फरक आउनुमा ल्यावको मात्र लापरवाही हुँदैन, विरामीको लापरवाहीका कारण पनि रिपोर्ट फरक—फरक आउँछ । विरामीले आफ्नो डिटेल क्लिनिक प्रिपिरेसन तयारी नगरी रगत निकाल्दा, फास्टीङमा आउनुपर्ने खाना खाएर रगत निकाल्दा पनि रिपोर्ट फरक आउन सक्छ । ल्यावको हिसावमा भन्ने हो स्याम्पल रगत तान्दाको अवस्था, ल्यावमा भएका उपकरणहरू ठिक छन् कि छैनन्, गुणस्तरयुक्त मेसिनरी सामानहरू नभएका कारण पनि रिपोर्ट तलमाथि हुन सक्छ । अर्को कुरा टेक्निसियनले सार्दाखेरी उल्टो सारेको पनि हुन सक्छ । ल्यावको उपकरणहरूले पनि रिपोर्टमा फरक पार्न सक्छ । विरामीले पनि आफ्नो रोगको पहिचानको लागि कुन ल्यावमा परिक्षण गरिरहेको छ, त्यो जानकारी लिनुपर्छ । ल्यावमा गुणस्तरयुक्त मेसिनरी सामानहरू प्रयोग भएका छन् कि छैनन्, आईएसओको मान्यता प्राप्त उपकरणहरू छन् कि छैनन्, ल्याव सिस्टममा चलेको छ कि छैन, त्यहाँ काम गर्ने जनशक्ति ल्यावसम्बन्धी विज्ञ छन् कि छैनन् त्यस सम्बन्धी जानकारी लिने अधिकार विरामीहरूलाई छ । पछिल्लो समय ल्यावको महत्व कस्तो रहेछ भन्ने जनमानसले बुझेका छन् । अहिले पछिल्लो समय जनमानसको मुखमै झुण्डिएको छ पिसीआर टेस्ट, सरकारले पनि ल्यावको महत्व के रहेछ भन्ने कुरा अहिले बुझेको छ । विगतमा ल्याव हस्पिटल खोल्दा कुन ठाउँ आवश्यक छैन त्यहाँ ल्याव राख्ने परिपाटी थियो । ल्याव छिँडीमा राखिन्थ्यो, ल्यावलाई त्यति महत्वका साथ हेरिन्थेन, तर पछिल्लो समय ल्याव ओपन कन्सेप्टहरू आइरहेका छन् । सुमेरु अस्पतालमा पनि सोही अनुसार ओपन कन्सेप्ट अनुसार नै राखिएको छ । तपाईंंले सिसा बाहिरबाटै हेर्न सक्नुहुन्छ हाम्रा ल्यावको उपकरणहरू कस्ता छन् कुन लेवलका छन् ।
० नेपालको कन्सेप्टमा प्याथोलोजिस्टहरू प्रयाप्त रुपमा छन् ?
वास्तवमा नेपाललाई चाहिने प्याथोलोजिस्टहरू प्रयाप्तरुपमा छैनन् । नेपालमा अहिले प्याथोलोजिस्टहरू जम्मा २ सय ५० जना मात्र छन् । अब हामीले यो म्यानपावर नेपाल अधिराज्यभर पुराउनुपर्ने छ । नेपाल भनेको काठमाडौं, पोखरा, विराटनगर, विरगंज मात्र त होइन नि ? नेपालमा अहिले जति हस्पिटलहरू छन् त्यसको अनुपातमा म्याथोलोजिस्टहरू कमी नै हो । यसले गर्दा नेपालको सुगम ठाउँमा मात्र अनुभवी प्याथोलोजिस्टहरूले सेवा दिइरहेका छन् । ७० देखि ७५ प्रतिशत प्याथोलोजिस्टहरू सुगम ठाउँमै छन् । २५ प्रतिशत प्याथोलोजिस्टहरू पनि पेरिफेरिमै छन् ।
० एउटा हस्पिटलको रिपोर्ट अर्को हस्पिटलको डाक्टरले किन मान्यता दिँदैनन् ?
पेसेन्टले लिएर आएको रिर्पोट र क्लीनकल सिम्टम र अरु फ्याक्टरहरू नमिलेको खण्डमा हस्पिटलका डाक्टरहरूले फेरि जाँच गर्न सक्नुहुन्छ । त्यो जाँचको रिर्पोटको आधारमा डाक्टरहरू आफू क्लीयर भएर सही उपचार विधि अप्नाउन आफ्नो हस्पिटलको ल्यावमा पुनः परिक्षण गराउन सक्नुहुन्छ । ल्यावको पनि सरकारले क्याटोगोरी छुट्याएको छ । ए, बी, सी कुन ल्यावबाट परिक्षण गराएर आएको त्यसको आधारमा ल्यावको विश्वसनीयता हेरेर डाक्टरले पुनः परिक्षण गराउँछन् या त्यसैको रिपोर्टलाई आधार मानेर उपचार विधि अप्नाउँछ । विशेष गरी डाक्टरलाई प्रायः सबै हस्पिटलका ल्यावको बारेमा जानकार हुन्छन्, सोही आधार मानेर पनि उनीहरूले त्यसको आधारमा रिपोर्ट हेरि उपचार विधि अप्नाउँछन् ।
० तपाईं कार्यरत सुमेरु हस्पिटलको ल्याव गुणस्तरीय युक्त र विश्वसनीयता छ भन्नु हुन्छ, यसको आधारहरू के के हुन् ?
आधारहरू धेरै छन् । यस हस्पिटलको ल्यावमा कार्यरत प्याथोलोजिस्टहरू लामो समयको अनुभवी, ल्यावसम्बन्धी विशेषज्ञता हासिल गरेकाहरू छन् । ल्यावमा कार्यरत सबै लामो समय काम गरेको अनुभवी र विशेषज्ञता हासिल गरेका व्यक्तिहरू हुनुहुन्छ । दुई जना सिनियर प्याथोलाजिस्टहरू हुनुहुन्छ भने राम्रा ठाउँमा अध्ययन गरेका अनुभवी टेक्निसिनयहरू यहाँ कार्यरत हुनुहुन्छ । हामीहरूले कुनै रिपोर्ट शंका लाग्यो भने टेृक्निसियन, डाक्टर र क्लिनिकल डाक्टरसँग भेरिफाई गरेपछि मात्रै त्यो रिपोर्ट डिस्प्याच गर्ने गर्छौं । सुमेरु हस्पिटलको ल्यावमा काम गर्ने हाम्रो टिम एकदमै राम्रो हुुनुका साथै उपकरणहरू पनि नेपाल सरकारले मान्यता प्राप्त गरेका गुणस्तरयुक्त नयाँ उपकरणहरू छन् । ल्यावमा काम गर्नका लागि चाहिने सबै उपकरणहरू प्रयाप्तरुपमा उपलब्ध छन् । हामीहरूकै सल्लाह अनुसार ल्यावमा चाहिने अत्याधुनिक गुणस्तरीय ‘ए’ ग्रेटको उपकरणहरू उपलब्ध भएका छन् । सोही अनुसार काम गर्ने वातावरण पनि राम्रो छ । त्यसकारण पनि यो ल्यावबाट दिइने रिपोर्टमा शंका गर्नुपर्ने कारण छैन । अझ भन्नुपर्दा समेरु हस्पिटलको व्यवस्थापनले ल्यावमा कार्यरत कर्मचारीहरूलाई काम गर्ने राम्रो वातावरण बनाएको छ । ओपन ल्यावको कन्सेप्टदेखि रिपोर्टको विश्वसनीयताको लागि चाहिने गुणस्तरीय उपकरणहरू ल्याउन कुनै कम्प्रमाइज गरेको छैन । काम गर्ने वातावरण असाध्यै राम्रो छ । यहाँ काम गर्न आउँदा आनन्दको महसुस हुन्छ । व्यवस्थापनले हाम्रो दैनिक जीवनयापनको लागि भविष्य सुनिश्चित गरिदिएको छ । वास्तवमै यस अस्पतालको व्यवस्थापनले हामीहरूको अभिभावकत्वको भूमिका निर्वाह गरेको छ । सोही कारण हामीहरूले यस अस्पताललाई कर्मथलोको रुपमा रही काम गर्ने सोच राखेका छौं । यसले यस भेगका कम्युनिटीको लागि पनि राम्रो भएको छ । नजिकै हस्पिटलमा गुणस्तीय सेवा र विश्वसनीयता रिपोर्टहरू पाइन्छ भने अन्य टाढाको ल्याव जानुपर्ने अवस्था नै आउँदैन ।
० अन्तिममा भन्नैपर्ने कुराहरू केही छन् कि ?
वास्तवमै भन्नै पर्ने कुराहरू के छन् भने तपाईंहरूकै संचारमाध्यमबाट भन्न चाहन्छु, विरामीहरूले ब्लड दिएको ठाउँ कस्तो छ, कुन लेवलको व्यक्तिले जाँचिरहेको छ, मैले दिएको ब्लड कस्तो मेसिनमा जाँचिरहेको छ, मैले दिएको रगतको परिक्षण गर्ने ल्याव कस्तो छ गुणस्तरीय ल्याव हो कि होइन, योग्यता पुगेको र अनुभवीले हेरेको छ कि छैन विरामीलगायत यस भेगका कम्युनिटीले सोधखोज गर्नुप¥यो । तपाईंहरूले पैसा तिरेर आफ्नो रगत परिक्षण गराउँदै हुनुहुन्छ यस अस्पतालको ल्याव कुन लेवलको छ, गुणस्तरीय छ कि छैन, रिपोर्टको विश्वसनीयता छ कि छैन, यस ल्यावमा काम गर्ने कस्ता व्यक्तिहरू छन् भन्ने कुराको सोधखोज गर्ने अधिकार तपाईंहरूको हो । किनकी तपाईंहरूले पैसा तिरेर आफ्नो रगतको परिक्षण गराउँदै हुनुहुन्छ । यस कम्युनिटीका विरामी र विरामीका आफन्तहरूले यस्तो सतर्कता अप्नाएको खण्डमा तपाईंले दिएको ब्लवको रिपोर्ट सही आउँछ, सोही अनुसार उपचार हुन्छ यसतर्फ तपाईंहरू सजग हुनुपर्छ । अर्को कुरा फिजिसियनहरूले आफूले हेरेको विरामीको रगतलगायत अन्य परिक्षणका लागि पठाएको ल्यावमा कस्तो उपकरणहरू छन्, कुन लेवलका प्याथोलोजिस्टले परिक्षण गरेको छ, योग्यता पुगेका र अनुभवी मान्छे छन् कि छैनन्, मैले पठाएको विरामीको रगत सही ठाउँमा पठाएको छ कि छैन भन्ने प्रिप्रियसनको कुराहरू आउँछन्, मैले क्लीनीकल डिटेल्सहरू लेखिदिएको छ कि छैन, विरामीको हिस्ट्रीहरू प्रोभाइड गरेको छ कि छैन यी सबै कुराहरू आउँछन् । यी सबैको आधारमा मिलेको खण्डमा क्वालीटी रिपोर्टको प्रोभाइड गर्न सकिन्छ ।