सभा जुलुस नगर्न काठमाडौं जिल्ला प्रशासनको अनुरोध

17k Shares

काठमाडौं  । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सभा तथा जुलुस नगर्न अनुरोध गरेको छ। मंगलबार एक विज्ञप्तिमार्फत् कार्यालयले त्यस्ता गतिविधिले संक्रमण भयावह बनाउने बताएको छ ।
'पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भीडभाडजन्य गतिविधि जस्तै, सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरु संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० को विपरीत हुने भएकाले त्यस्ता भीडभाडजन्य गतिविधिहरु नगर्न/नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउनुहुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ', विज्ञप्तिमा भनिएको छ ।
कार्यालयले उल्लेखित क्रियाकलाप गरे/गराएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने समेत बताएको छ ।
विज्ञप्तिमा कोरोना विपद्को अवस्थामा सरकारले तोकेको निर्देशनको पालना गर्नु/गराउनु प्रत्येक नागरिकको दायित्व हुने स्मरण गराइएको छ ।

सम्बन्धित समाचार