अझैँ सुरु भएन प्रतिनिधि सभा बैठक

19.5k Shares

काठमाडौं, १३ जेठ। प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ भएको छ । शनिबार दिउँसो ४ बजे बोलाइएको बैठक समयमै सुरु हुन नसकेको हो । 

नीति तथा कार्यक्रम पारित गर्ने तयारीका साथ बोलाइएको शुक्रबारको बैठक एमालेको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै शनिबारका लागि स्थगित भएकोमा आज पनि निर्धारित समयमा सुरु हुन नसकेको हो ।

एमालेले आफ्नो पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीमाथि पशुपतिनाथको जलहरीमा सुन भनेर पित्तल हालेको आरोप लगाइएको भन्दै संसद अवरोध गरेको थियो ।

शनिबार बिहान कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा ओली माथि आरोप लगाइएको प्रसंगलाई संसदीय रेकर्डबाट हटाउने सहमति भएको थियो । बैठक बस्नेबारे आन्तरिक छलफल भइरहेको बताइएको छ ।

सम्बन्धित समाचार