शहिद स्मारक लिगः आज तीन खेल हुदैँ

17.3k Shares

काठमाडौं, १० जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीनवटा खेल हुदैँछन । 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार २१ औं राउन्डका खेल हुन लागेका हुन ।

जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछ भने च्यासल मैदान, ललितपुरमा एउटा खेल हुनेछ । 

च्यासल मैदानमा हुने एक मात्र खेलमा एपिएफ फुटबल क्लब र संकटा क्लब बिच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेवाट सुरु हुनेछ । 

उता, दशरथ रंगशालामा २ बजेवाट सुरु हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम बिचमा प्रतिस्पर्धा हुनेछ ।

रंगशालामा हुने दोस्रो खेल साँझ ६ बजेवाट सुरु हुनेछ, जुन खेलमा जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।

 

सम्बन्धित समाचार