मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

18.4k Shares

काठमाडौं, ८ जेठ। मोरङको विराटनगर महानगरपालिका–७, पिपलचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मोरङको कटहरी गाँउपालिका–२ का २७ वर्षीय सागर भगतको उपचारका क्रममा आज बिहान रेडक्रस अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ७६ प ७८४६ नम्बरको मोटरसाइकल आइतबार राति साढे ११ बजे आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार