काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ५७ जना कोरोना संक्रमित पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जनालाई कोरोना संक्रमण देखिएको छ ।
देशभर १ हजार ६६९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।
२४ घण्टामा ५ हजार ६९९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।
आज देशभर १९ हजार ९६३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म १ हजार ३२१ जनाको मृत्यु भइसकेको छ ।