काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।
देशभर २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमित छन् । आज देशभर २२ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार २ सय ९८ जना संक्रमितको मृत्यु भइसकेको छ ।