नेपाल विज्ञापन संघ र सरकारबीच ७ बुँदे सहमति, आन्दोलन स्थगित

17.3k Shares

काठमाडौं, ३ जेठ । नेपाल विज्ञापन संघ (आन) र सरकारबीच ७ बुँदे सहमति भएको छ ।  बुधवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको दुई पक्षीय वार्ताका क्रममा  ७ बुँदे सहमति भएको हो । सहमति पत्रमा सरकारका तर्फबाट मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी, उपसचिव टेक बहादुर महत तथा नेपाल विज्ञापन संघका तर्फबाट सुदिप थापा, कृष्ण प्रसाद घिमिरे, कृष्ण मुरारी लामिछाने, रवीन्द्र कुमार रिजाल शशी र  विज्ञापन बोर्डका सदस्य बलराम थापाले हस्ताक्षर गरेका छन् ।  

सहमति भएसँगै आनले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित भएको जनाएको छ । विज्ञापन ऐन र नियमावलीले विज्ञापन व्यवसाय संकटमा परेको भन्दै विज्ञापन व्यवसायीले विभिन्न १३ बुँदे माग राख्दै आन्दोलन गर्दै आएका थिए ।

सम्बन्धित समाचार