राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै

16.5k Shares

काठमाडौं, २ जेठ ।  राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै छ । केन्द्रीय बैंकले जेठ ३ गते निष्कासन गर्न लागेको यस ऋणपत्रका लागि आज मंगलबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्नेछ । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले विकास ऋणपत्र मार्फत १० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो । ‘विकास ऋणपत्र ०८५ ‘ज’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि पाँच वर्ष छ ।

जसअनुसार २०८० जेठ ३ गते जारी मिति तोकिएको यस ऋणपत्र २०८५ जेठ ३ गते परिपक्व हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने छ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी समूहभित्र रहेर ऋणपत्र बिक्री गर्न लागिएको हो । 

प्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको ८५% अर्थात् ८ अर्ब ५ करोड रुपैयाँ र अप्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको १५% अर्थात् १ अर्ब ५ करोड रुपैयाँ छुट्याइएको छ । नेपाल स्टक एक्सचेन्जमार्फत दोस्रो बजारमापनि ऋणपत्र कारोबार हुन सक्नेछ ।

सम्बन्धित समाचार