पृथ्वी राजमार्गमा बस दुर्घटना हुँदा २७ जना घाइते

19k Shares

काठमाडौं, १ जेठ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा आज बिहान बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

काठमाडौंबाट पोखराका लागि छुटेकाे  ग १ ख ९६३५ नम्बरको बस अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेकाे हाे । दुर्घटनामा घाइते भएका सबैकाे उद्धार गरिएकाे छ।

घाइतेमध्ये नौ जनालाई थप उपचारका लागि पोखरा ‘रेफर’ गरिएको छ भने अन्य घाइतेकाे  दमौली अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।

सम्बन्धित समाचार