तीन दिनको मौसम विवरण !

20.1k Shares

काठमाडौं/मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेकाले त्यसबाट हुनसक्ने क्षतिरजोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । 

मंगलवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

मंगलवार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानहरूमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।

मंगलवार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

बुधवार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा सामान्य हावाहुरीको सम्भावना रहेको छ । 

बुधवार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीवार दिउँसो गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा सामान्य हावाहुरीको सम्भावना रहेको छ । 

बिहीवार राति देशभर मौसम सामान्यतया सफा रहने छ ।

सम्बन्धित समाचार