विभिन्न पार्टीका ७२ जना नेपाली कांग्रेसमा प्रवेश

18.3k Shares

ललितपुर क्षेत्र नम्बर १ का विभिन्न पार्टीका ७२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस पार्टीमा प्रवेश गर्ने पूर्व एमाले र राप्रपा पार्टीका नेता तथा कार्यकर्ताहरु पुर्ब सूचना तथा संचार मन्त्री, खेलकुद बिभाग प्रमुख मोहन बहादुर बस्नेतले नेपाली कांग्रेस केन्द्रिय कार्यालय सनेपामा टीका र खादा लगाएर प्रवेश गराएका हुन् ।

नेपाली कांग्रेस ललितपुर जिल्लाको आयोजनामा उक्त प्रवेश कार्यक्रममा ललितपुर जिल्ला सभापति पुर्ब माननीय मदन बहादुर अमात्य, पुर्ब अर्थराज्य मन्त्री उदय शम्सेर राणा, नेपाली कांग्रेस खेलकुद बिभाग सचिब युवा नेता मीन कृष्ण महर्जन, नेता ऋषिराम घिमिर, खोम प्रसाद घिमिरे, क्षेत्रीय सभापति राजन घिमिरे, बागमती गाउँपालिका प्रमुख वीर बहादुर लोप्चन, उप प्रमुख रन्जना घिमिरे, जिल्ला सदस्यहरु रबिन्स शर्मा, सानुकान्छा मोक्तान, प्रभाकर पोखरेल, वडा अध्यक्ष बिष्णु तिमल्सिना, तिर्थ घलान, बिजय कुमार लोलगायतको उपस्थिति रहेको थियो । उक्त प्रबेश कार्यक्रम युवानेता मीन कृष्ण महर्जनको विशेष सकृयतामा भएको थियो । नेपाल कम्युनिष्ट पार्टीसँग आजित भएर ललितपुर क्षेत्र नम्बर १ मा प्रबेश गर्नेहरुको लहर नै चल्न थालेको छ ।


कांग्रेसमा प्रवेश गर्ने प्रायः खेलकुद पृष्ठभूमि भएका छन् भने तेजकुमार लामा राप्रपा खेलकुद बिभागका उपबरिस्ठ उपाध्यक्ष समेत हुन् । अन्य प्रबेश गर्नेहरु देबचन्द्र लामा, झडेन्द्र कुमार लामा, मिलन लामा, भिजेश लामा, नेकपाबाट रामकृष्ण घिमिरे, मनिस घिसिङ, सागर घिसिङ, सुमन घिसिङ, शुक्रराज भोम्जन, प्रदिप घिसिङ, शुष्मा भोम्जन लामा, केशर स्याङतान, सुमन घिसिङ रहेका छन् ।


त्यस्तै, पुर्ब एमालेबाट सुरेश देशार, सुजित श्रेष्ठ, रिकेश महर्जन, रोहित महर्जन, राज देशार, राकेश देशार, नदिप देशार, नदिम देशार, राजेश श्रेष्ठ अनिल देसार, अनिल महर्जन, सुरज तामाङ, बिबेक देशार, निरोज कुमाल लगायत रहेका छन् ।

सम्बन्धित समाचार