काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी(सीडीओ) जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअ दाहालले बिहीबार गृह मन्त्रालयमा आफू र आफ्नी धर्मपत्नीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका थिए ।
टाउको दुखेपछि पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो । उनलाई टाउको दुख्नेबाहेक अरू लक्षण भने देखिएको छैन ।
दुबै जना अहिले होम आइसोलेसनमा बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । काठमाडौं प्रशासनले दसैं अघिदेखि नै अत्यावश्यक बाहेकको सेवा स्थगित गरेको थियो ।