सिन्धुपाल्चोक-१ मा गठबन्धनको उम्मेदवार मै हुँ : बस्नेत

18.4k Shares

काठमाडौं, १३ असोज नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक- मा गठबन्धनको उम्मेदवार आफैं भएको बताएका छन् पहिले जसले जितेको , त्यसले सिट पाउने कुरा बजार हल्ला मात्र हो हिजो माओवादी केन्द्रले एमालेको बलमा जितेको हो अब उम्मेदवारी धेरै बहस गरिरहनु पर्दैन दुई दिनभित्रै थाहा हुन्छ सिन्धुपाल्चोक मा गठबन्धनको उम्मेदवार मै हुँ अग्नि सापकोटाजी समानुपातिकमा जानुहुन्छ, नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बस्नेतले भने

कांग्रेस बलियो भएको ठाउँमा माओवादी केन्द्रले दाबी गर्न नमिल्ने पनि उनको जिकिर बस्नेतले थपे, पार्टी कमजोर ठाउँमा पो तालमेल गर्ने हो मेरो क्षेत्रका ५४ वटामध्ये एक्लै ३२ वडा कांग्रेसले एक्लै जितेको क्षेत्रका तीनै सिट पार्टीले जित्ने स्थिति एक लिटरको भाँडोमा पाँच लिटर हाल्यो भने पोखिइहाल्छ नि अरु बलियो ठाउँमा चुनाव लड्छु भनेपछि कसरी मिल्छ ? रोल्पा-रुकुममा माओवादीले कांग्रेसलाई दिन्छ ? कांग्रेसलाई दियो भने माओवादीभित्र पनि लफडा हुन्छ

कांग्रेसको मतको अपमान हुने गरी गठबन्धन नभए विद्रोह हुने पनि उनले औंल्याए उनले भने, अप्राकृतिक गठबन्धन गलत तरिकाले सिट बाँडफाँट सम्भव छैन कांग्रेसको मतको अपमान हुने गरी गठबन्धन हुन सक्दैन त्यो हुन थाल्यो भने शेखर कोइराला समूह मात्र होइन, संस्थापनभित्रै पनि विद्रोह हुन्छ जो लोकप्रिय , जसको संगठन बलियो , त्यसले टिकट पाउनुपर्छ नेकपा एमाले बलियो भएको ठाउँमा मात्र सिट बाँडफाँट हुनुपर्नेमा उनको जोड

पार्टीभित्र अहिले नेतृत्वलाई सचेत गराउने काम भइरहेको

सम्बन्धित समाचार