काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६१५ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १३३८ जना, ललितपुरमा १८० जना र भक्तपुरमा ९७ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थपिएका १६१५ मध्ये ७०४ महिला र ९११ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार काठमाडौंमा १६ हजार ५२१ जना सक्रिय संक्रमित रहेका छन् भने भक्तपुरमा १ हजार ७५ जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ३८ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख २४ हजार ८६२ रहेको छ । यो कुल संक्रमितको ७५ प्रतिशत हो ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६८९ रहेको छ ।
नेपालमा हाल ३८ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा हाल ३८ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् भने भेन्टिलेटरमा ७६ जना रहेका छन् । त्यस्तै आईसीयूमा ३०४ जना उपचाररत छन् भने होम आइसोलेसमा ३१ हजार ८९८ जना रहेका छन् ।
आज नेपालमा ९ हजार ७६९ जनाको आरटीपीसीआर नमूना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ९८३ जना महिला संक्रमित थपिएका छन् भने १ हजार ३८० जना पुरुष संक्रमित थपिएका छन् ।