सुनको भाउ घट्यो

16.3k Shares
काठमाडौं दसैंपछि खुलेको सुनचाँदी बजारमा सुन तोलामा एक हजार रुपैयाँले घटेको छ
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ तोकिएको छ ।
यसअघि कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन भने आज तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी तोलामा १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ ।
सम्बन्धित समाचार