17.5k
Shares
काठमाडौं । नवनियुक्त मन्त्रीहरूले आज शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका हुन् ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री बनेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनेका छन् । एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भूसाल कृषि तथा पशुपंक्षी विका मन्त्री बनेका छन् ।