मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

21.8k Shares

धनुषा/धनुषाको मिथिला बिहारी नगरपालिका २ मा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडी सवार व्यक्ति भने घाइते भएका छन् ।

धनुषाकै मिथिला बिहारी नगरपालिका ६ सिरसियाका २१ बर्षीय बिजय कुमार यादवको मृत्यु भएको हो । उपचारको क्रममा विजय कुमारको काव्य अस्पताल जनकपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तारापट्टीले जनाएको छ ।

घाईते भएका उनका २५ वर्षीय दाइ रितेश यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । जनकपुरबाट धनुषाधाम तर्फ जाँदै गरेको प्रदेश२-०२-००२ प ४३ ८० नम्बरको मोटरसाइकल  अनियन्त्रित भई पल्टिएको थियो । 

सम्बन्धित समाचार