काठमाडौं । पूर्वमन्त्री गोकुल बाँस्कोटालाई कोरोना संक्रमण भएको छ ।
उनीसँगै श्रीमती तारा मानन्धर पनि कोरोना पोजेटिभ भएको बाँस्कोटाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
बास्कोटाका अनुसार आफूलाई संक्रमणको कुनै लक्षण नरहेको तर श्रीमती तारा मानन्धरलाई लक्षण देखिएको छ । दुवै छोराहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।
बितेको १० दिन यता कसैलाई नभेटेको पनि पूर्वमन्त्री बाँस्कोटाले जानकारी दिएका छन् ।