काठमाडौ/ललितपुरको इमाडोल अवस्थित यासा डेन्टल क्लिनिक र सितापइलामा रहेको ग्रेस डेन्टल क्लिनिकको सहकार्यमा शनिबार निःशुल्क दन्त स्वास्थ्य शिविर आयोजना भएको छ ।
काठमाडौंको सितापाइला, जयन्ती गाउँमा आयोजना गरिएको उक्त शिविरमा दश जना डाक्टरले विभिन्न अनाथ आश्रममा रहेका ३७ जनाभन्दा बढीलाई निःशुल्क दन्त परिक्षण लगायत परामर्श प्रदान गरेका थिए । जसमा डाक्टरहरुले फ्लोरिडा जेल एप्लिकेसन लगायत दाँत सफा गरेर सेवा प्रदान गरे ।
उक्त शिविरमा २७ जना एचआइभी पिडित व्यक्तिहरुको पनि निःशुल्क दन्त परिक्षण गरिएको आयोजक संस्थाले खाेजतलासलाइ जानकारी गराए ।
यसअघि पनि यासा डेन्टल क्लिनिकले सामाजिक उत्तरदायित्व वहन गर्दै यस्ता थुप्रै निःशुल्क दन्त तथा स्वास्थ्य शिविर आयोजना गर्दै समाजमा उदाहरणीय भूमिका निर्वाह गर्दै आइरहेको छ ।


