ओलम्पिक गेममा नेपालको झण्डा फहराउने इच्छा छ ः बिरबहादुर महरा

19.4k Shares

सुदुरपश्चिममा साधारण परिवारमा जन्मिएका बिरबहादुर महरा सानै उमेरदेखि फुटबलमा रुची राख्थे । तर, गाउँकै एकजना आफन्त लोगबहादुर महराले तेक्वान्दो खेल्नका लागि परिवारसँग कुरा गराएर गाउँकै एक स्कुलमा ट्रेनिङ गराउन सुरु गराएका थिए । आफन्त लोगबहादुर महराकै प्रेरणाले त्यही बेलादेखि आफू पनि तेक्वान्दो खेलप्रति उत्साहित बन्दै करिब ६—७ वर्षसम्म त्यही स्कुलमा टे«निङ गरे । 
पहिलोचोटी छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदुरपश्चिमबाट तेक्वान्दो खेलको प्रतिनिधित्व गरी कास्य पदक हासिल गर्न सफल बनेका महराले पोखरामा भएको राष्ट्रिय खेलकुदमा आफ्नो राम्रो खेल प्रदर्शन गरेका कारण प्रनानी लक्ष्मणबहादुर ऐर क्षेत्रीको पहलमा नेपाल प्रहरीमा ७० सालमा भर्ना हुने अवसर जुरेको महरा बताउँछन् । 
त्यसपछि, तेक्वान्दो खेललाई निरन्तरता दिने अवसर जु¥यो । सोही क्रममा भारतमा भएको १२ साग गेममा पहिलोचोटी अन्तर्राष्ट्रियस्तरको गेम खेल्ने मौका पाएँ । सो गेममा रजतपदक ल्याउन सफल बनेको थिएँ । सो गेम खेलेपछि मैले अन्तर्राष्ट्रियस्तरकमा धेरै गेम खेल्ने मौका पाएँ र त्यही अनुभव पनि बटुल्दै गएँ 
नेपालमा भएको १३ औं साग गेममा भने राम्रो अनुभव भएकै कारण मैले स्वर्ण पदक ल्याउन सफल बनेको हुँ । विदेशमा खेलाडीलाई जति महत्व र इज्जत दिइन्छ त्यति नेपालमा खेलाडीलाई दिइएको छैन । वास्तवमै भन्नुपर्दा खेल क्षेत्रमै लागेर आफ्नो भविष्य बनाउछु भन्ने सोच राख्ने हो भने खासै मैले भविष्य देखेको छैन । कुनै प्रतियोगिता हुँदा खेलाडीलाई जति महत्व दिइन्छ खेल सकिएपछि त्यसलाई विर्सने प्रवृत्ति नेपालमा छ ।
यदि विदेशमा हामी जन्मिएर यसरी देशको लागि खेल्ने हो भने मान, सम्मान र इज्जतका साथ आफ्नो भविष्यको बारेमा सोच्नुपर्ने अवस्थाको सिर्जना हुने थिएन । 
यस्तो अवस्था किन भयो त भन्ने प्रश्नमा महरा भन्छन्, ‘नेपालको राजनीतिकरणकै कारण खेल क्षेत्र तहसनहसको अवस्थामा छ । खेलकुद क्षेत्रमा अनावश्यक राजनीतिक हस्तक्षेपका कारण खेलाडीहरूले आफ्नो भविष्य नदेखेर विदेशीन वाध्य बनेका छन् भने आफ्ना आसेपासे र चाकडीवालालाई मात्र महत्व दिई पुरस्कृत गर्ने परम्पराका कारण पनि खेलक्षेत्र धरासाही बन्दै गइरहेको छ ।’ खेल छनौटमा समेत राजनीतिकरणका कारण हस्तक्षेप हुने भएकाले सक्षम खेलाडीहरूले अवसर समेत नपाउने अवस्था नेपालमा छ । तर, अहिले इलोक्ट्रोनिक सिस्टमका कारण भने यस्तो गर्ने अवस्था कम हुँदै गएको छ ।
मेरो मुख्य उद्देश्य ओलम्पिक गेम खेल्ने हो । २०२१ मा जापानमा हुने भनिएको ओलम्पिक गेममा नेपालको झण्डा फहराउने इच्छा रहेको छ । यसका लागि कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गरेर नेपाल पुलिस क्लवमा निरन्तर दैनिक चार घन्टा ट्रेनिङ्ग गरिरहेको छु । यसमा मलाई कोरियन प्रशिक्षक क्वाङयोङदालको सहयोग रहेको छ ।
६८ केजी समूहमा १३ औं साग गेममा सेमिफाइनलमा इन्डीयाका खेलाडीलाई हराउँदै फाइनल पुगेका महराले फाइनलमा पाकिस्तानी खेलाडी महम्मद फहिमलाई राम्रो अंकले लिड गर्दै सजिलै स्वर्ण पदक ल्याउन सफल बनेका थिए महरा ।

सम्बन्धित समाचार