डी.बी.शाही
मनुष्यको उत्पत्तिदेखि विभिन्न कालखण्ड पार गर्दै आजको आधुनिक
युगसम्म आइपुग्दा मनुष्य जतिजति विकसित हुँदै
गयो, अनेक प्रकारका शोध,खोज र अनुसंधान गर्दै गयो , उसको स्वास्थ्य देखि अन्य जीवनयापनका
कार्यमा सहज र सरलता देखिए पनि त्यति त्यति समस्याहरुमा झन्झन् अल्झिएको देखिन्छ । मनुष्यले विकासको क्रममा हिजोको घुमन्ते असुरक्षित
अवस्थाबाट र जंगली जनावरको आक्रमणबाट त आफुलाई
अत्यन्त सुरक्षित राख्ने उपाएहरुको खोज र निर्माण गर्न सफल भयो तर आजको अत्यन्त
बैज्ञानिक र आधुनिक युगमा मनुष्य नै मनुष्यको भक्षक भएर निस्केको छ । अरु सानातिना
जनहत्याका आतंककारी घटनाहरूको उल्लेख नगरे पनि दुई पटक गरेको विश्वयुद्धमा करिव दश
करोड मान्छेलाई मान्छेले नै निर्ममता पुर्वक विभत्स तरिकाले हत्या गरेको इतिहास साक्षी
छ । विश्वयुद्ध अलावा पनि आजसम्म गरिएका अरुको सिमा खुम्च्याउने र आफ्नु सिमा बिस्तार
गर्ने क्रममा गरिएका सानातिना युद्ध लगायत अन्य जातीय द्वन्द्वमा मारिका सबैको लेखाजोखा
गर्ने हो भने अकालै अर्वाे जनता मारिका छन् । यस्तै अनेक प्रकारका रोग र विज्ञानको
भाषामा भाइरसहरुबाट पनि कराडौं मान्छेको ज्यान गएको सबैलाई थाह छ ? तर सबै प्राणीहरुमा
सर्वश्रेष्ठ प्राणी मात्रै यस्तो छ जो विकासको
बहानामा पृथ्वीलाई टुक्राटुक्रामा विभाजित गरेर मेरो राष्ट्रको नाम दिएर, एउटा टुक्रामा
बस्ने मान्छेले अर्को टुक्रामा बस्ने मान्छेसंग निउ खोजी रहन्छ । तर यो एकातिर हेर्दा
र मनन गर्दा अत्यन्तै घृणा गर्ने लायक देखिए पनि यो प्रकृतिले संतुलन मिलाउन नै यस्ता
घटनाहरूको जिम्मा मान्छेलाई नै दिएको हुन पनि
सक्छ , केही जनसंख्या उल्का,बाढी पहिरो,भुइचालो ,महामारी आदिको प्रकोपबाट आफै पनि नाश
गर्ने र केहीलाई मान्छे स्वयंले मारेर पृथ्वीले
थेग्न सक्ने भारसम्म संतुलन मिलाउदै आएको पनि हुन सक्ने अनुमान गर्न पनि सकिन्छ । जसले
प्रकृतिको नियमलाई विश्वास गर्छ र मान्छेको भनाइमा प्रकृतिले आफै यो सम्पूर्ण ब्रह्माण्डको
संतुलन (ब्यालेन्स ) मिलाउन यो प्रक्रिया गर्छ र अविरल भैरहेको छ, भैरहनेछ । यो प्रक्रियालाई
स्वयं प्रकृतिले पनि रोक्न सक्दैन । यो मान्छे मात्रै एउटा प्राणीको मात्र नभएर सम्पूर्ण ब्रह्माण्डको विकासको, उन्नति
प्रगतिको नियम हो । जुन दिन यो ब्रह्माण्ड दैवीप्रकोप ,उल्का ,महामारी आदि रोगबाट मुक्त हुने छ सायद त्यो दिन यो ब्रह्माण्डको
मात्र नभएर सम्पुर्ण प्राणीजगतको पनि अन्त
नहोला भन्न कसैले सक्दैन ?
आजको मानव कति शक्तिशाली र बुद्धिमानछ स्वयं उसलाई थाह छैन तर उसले आँधी तुफान,बाढी पहिरो,
उल्का, भुइचालो, ज्वालामुखी र विभिन्न समयमा
बहुरुपिया बनेर महामारी फैलाउने रोगहरुलाई नियन्त्रण गर्न या निर्मुल पार्न सक्दैन ।वास्तवमा छातिमा हात राखेर
भन्ने हो भने आजसम्म रोगहरु पुर्णतः सन्चो भएको सायद ही भेटिन्छ होला ?
प्रापुर्वकालदेखि गरिदै आएका प्राकृति चिकित्सा पद्धति होस
या आधुनिककालको अत्यधिक बैज्ञानिक र उन्नत
मानिने आधुनिक चिकित्सा पद्धति होस यी लगायत ज्योतिषी, धामीझाँक्री, तन्त्रमन्त्र सबैको
आआफ्नै धारणा, उपचार गर्ने नियम र पद्धति छन् । सबैले पुर्णरुपमा सञ्चो पार्ने अंझ
कतिपयले त सन्चो नभए पैंसा फिर्ता दिनेसम्म भन्ने गरेको पनि पाइन्छ । ९९.९ % ग्यारेन्टी छ ०.०१% भन्न सकिन्न पनि
भनेको सुनिन्छ । वास्तवमा जजसले जुन पद्धति या विधि प्रयोग गरेका हुन्छन् उनिहरुले
बहुत लामो समय अध्ययन, अनुसंधान र अभ्यास ( प्रेक्टिस ) गरेका हुन्छन् । प्राकृतिक
होस या आधुनिक चिकित्सा या तन्त्रमन्त्र उनिहरु आफ्नु विधामा पोख्त छन् तर समस्या कहाँनेर
आउँछ भने ज्वरो आयो, पेट दुख्यो ,आँखामा मोतिया बिन्दु भयो सम्बन्धित चिकित्सक अलावा
अर्काे चिकित्सकले त्यसबारे कत्ति पनि थाह पाउदैन ? भुत प्रेत पृति आदि नमान्नेलाई
त लाग्दैनन् पनि जसले मान्छ र लाग्छ उसलाई केवल धामीझाँक्री र तन्त्रमन्त्रले नै ठिक
पारेको छ र अहिले अत्याधुनिक पद्धति र विधि आए पनि आम मान्छेहरु या स्वयं कतिपय चिकित्सकहरु
पनि ज्योतिष,धामीझाँक्री, तान्त्रिक कहाँ दौडेको जताततै छर्लङ्ग देखिन्छ ? यी सबैको कारण केवल एउटै हो मनुष्यले रोग, भुतप्रेत आदि लाग्यो
भनेर रोग र भुतप्रेतको उपचार गर्छ र केही समयसम्म रोग या भुतप्रेत भगाउन सफल पनि भएको
देखिन्छ तर ५÷६
महिना या २÷४
बर्ष पछि पहिलेको भन्दा झन जटिल भएर त्यही समस्या फेरि देखा पर्छ ? यसको एउटै मात्र
कारण के छ भने चिकित्सक, ज्योतिष, धामीझाँक्री, तान्त्रिक सबैले रोग या भुत प्रेतको
उपचार त राम्रोसँग र सही तरिकाले गरे तर जुन प्रणाली ( सिस्टम ) मा रोग या भुतप्रेतको
भाइरस छिर्याे त्यो प्रणाली( सिस्टम ) संग उनिहरुको कुनै मतलव हुँदैन ? त्यसैले केही
समय आराम या सञ्चो भएको देखिए पनि ९९.९% रोग फेरि दोहरिने गरेको देखिन्छ ? यो कुरामा
अहिलेसम्म बहुत इमानदारी पुर्वक धेरै पटक मिडियामा दिएको अन्तर्वार्तामा मनमोहन हृदय
रोग केन्द्रका हृदय रोग बिशेषज्ञ डाक्टर अनिल भट्टराईले बहुत सरल, सुन्दर तरिकाले र
वास्तविक यथार्थ छर्लङ्ग हुने गरि अन्तर्वार्ता दिनु भएको देखिन्छ ,उहाँले हामीले मुटु
सम्बन्धि रोगका कारणहरु धेरै भए पनि सबैभन्दा बढी असर गर्ने कारणमा नलीमा जमेको बोसो
( केल्सियम) या जमेको रगतको डल्ला हो र यसको उपचार दुइ प्रकार गर्न सकिने बताउनु हुन्छ,
प्रथम चिरफार नगरि गरिने इन्टर भेन्शन र अर्काे चिरफार गर्नै पर्ने बाइपास सर्जरी यो
विधिले समस्याबाट छुट्कारा पाए पनि ओैषधी सेवन गरिरहनु पर्ने र केही समय पछि अर्काे
नलीमा रगत या बोसो जम्ने सम्भावन हुन्छ ? त्यसैले यसले समस्याको समाधान त गर्छ तर यो
रोगको निदान होइन ? बरु साँच्चै स्वस्थ जीवन जिउन चाहने हो भने खानपिन र रहनसहनमा परिवर्तन
गर्न र मुट्टुरोग सम्बन्धि सामान्य जानकारी दिने गरि सकेसम्म विद्यालयहरुमा नै मुट्टु
रोगबारे जानकारी दिने शिक्षा विद्यालयको पाठ्यक्रममा सामिल गर्न अत्यन्त जरुरी छ भन्नुभएको
छ ? हाम्रो शरिरमा भएका सबै अंगहरु प्रायः दुइटा( डबल ) छन् प्रत्यारोपण
गर्न मिल्छ, दान दिन मिल्छ तर मुट्टु स्वचालित र एउटै मात्र भएको कारण दान गर्न मिल्दैन्
ब्रेन डेड भैसकेको मान्छेको मात्रै मिल्छ ? तर पनि कतिपय मुलुकमा सफल प्रत्यारोपण भै
सकेको छ तर नेपालमा प्रत्यारोपण गर्न सकिने
अवस्था र सक्षम चिकित्सक भए पनि केही कानुनी
अड्चनका कारण अंझै कठिनाइ छ ? डाक्टर भट्टराईको कुरा होस या अन्य रोग सम्बन्धि अरु
चिकित्सकका कुरा हुन् ,सबैको भनाइ लगभग एउटै छ रोगको उपचार त सफलता पुर्वक हुन्छ तर
सिस्टमलाई पहिले कै अवस्थामा ल्याउन सकिन्न् । एक पटक उपचार गरिसकेको मान्छेले बाँचुन्जेल
ओैषधी सेवन र नियमित चेकजाँच गराइ रहनु पर्छ ? यस्तै रोगको कुरा छोडेर लागुभागुमा पनि
त्यही नियम लागु हुन्छ । मान्छे एकपटक लागुभागुको उपचारमा ज्योतिष, तान्त्रिक ,धामीझाँक्री
,बाबा,माताको शरणमा पुग्यो भने केही समय छुट्कारा पाउछ केही समय पछि लाग्न्या फेरि
लागि हाल्छ ,अनि पीडित जहिले पनि सम्बन्धित निकायमा धाइरहेको देखिन्छ ? यसरी वास्तवमा सिरियस भएर सोच विचार गर्ने हो भने
हामीले जुन कुरा या विधिहरुलाई सञ्चो पार्छन र हामीलाई हाम्रो स्वास्थ्यसंग सम्बन्धित
समस्या होस वा जागिर ,व्यापार ,राजनीति लगायत सबै कुराको समाधान चिकित्सक , बैद्य, ज्योतिष,धामीझाँक्री,बाबा,माता
आदिले समाधान गर्छन् भनेर , स्वस्थ रहन र प्रगति
गर्नको लागि उनिहरु माथि नै निर्भर हुन्छौं अनि आफुलाई केही फाइदा देखिए ठिक तर फाइदा
भएन भने ठग लुटेरा,हत्यारा आदि भन्न पनि पछि हट्दैनौं । कुनै पनि चिकित्सक,वैद्य,ज्योतिष,धामीझाँक्री
,बाबा,माता कसैले पनि मार्छु भनेर उपचार गर्दैन ,बचाउछु भनेर नै गर्ने हो ? उनिहरुले
स्पष्ट भनेका हुन्छन् कि ओैषधी कति मात्रामा ,कुन समय,कहिलेसम्म खाने या शारीरिक ब्यायाम
तथा अरु उपाए कसरी गर्ने ? तर मनुष्य स्वयं उनिहरुले भनेका या बताएका नियमहरु निष्ठा
पुर्वक कति पालना गर्छन् त ? आधुनिक चिकित्सा पद्धतिका चिकित्सक हुन् ,वैद्य हुन्,न्युट्रिशियन
हुन्,डाइटिशियन हुन्,योग गुरु हुन्,साधुसन्त हुन् जसले मानवलाई स्वस्थ ,स्वच्छ ,खुशी
र सुखी रहने उपाएहरु बहुत सरल तरिकाले बताई रहेका हुन्छन् ? तर हामीलाई जंकफुड मिठो
लाग्छ,जंकफुड खान गर्व लाग्छ,हामीलाई स्वच्छ झरना या बगीरहेको ताजा पानी पिउन लाज लाग्छ,
प्लास्टिकको बोटलमा प्याक गरेको बासी पानी पिउदा गर्व महशुस हुन्छ ? धरमा पकाएको ,उसिनेको
,पोलेको आलु खाँदा पाखे भइन्छ भन्ने डर लाग्छ तर त्यही आलु संसारभरी प्रसिद्ध केएफसी या मेक्डोनलको खादा सान अर्कै हुन्छ ? घरमा
पाक्ने ताजा दालभात तरकारी नमिठो लाग्छ ,मैदाबाट बनेको बासी नुडल्स र चाउचाउ खाँदा
नाक ठुलै हुन्छ । लुगाहरु पनि स्वदेशमा बनेका शुद्ध कपासका लगाउन लाज लाग्छ ,बिदेशमा
आर्टिफिशियल धागोबाट बनेका लुगा लगाउन पाए शानै अर्को ? हामीले जानीजानी आज आफ्नु जीवनशैलीलाई
जिउने तरिका नै आर्टिफिशियल बनाएका छौं लामो
समय बाँच्न र स्वस्थ रहने उपाए केमिकललाई ठानेका छौं । स्वयं केमिकल रिकोमेन्ड गर्ने
चिकित्सकले र केमिकल उत्पादन गर्ने कम्पनीले समेत त्यसको हानि नोक्सानीबारे स्पस्ट
सजग गराएकै हुन्छ तर हामी नै त्यसको हानिनोक्सानीबारे बुझ्नै चाहन्नौं ,केवल फाइदाको
मात्रै लेखाजोखा राख्छौं ? आधुनिक चिकित्सक ,वैद्य,ज्योतिष,तान्त्रिक,धामीझाँक्री
,साधुसंत सबैले उपचार विधि जेजस्ता अपनाए वा गरे पनि सबैको भनाइ आँखिरमा खानपिन र रहन
सहनमा सुधार गरेन,सजगता अपनाएन भने संसारमा मनुष्यलाई स्वस्थ राख्न सक्ने कुनै पनि
त्यस्तो शक्ति छैन् ? मनुष्य लामो आयु जिउने कि आयु छोट्याउने स्वयं उसकै हातमा छ ।
यो कुरा कति तथ्यमा आधारित छ स्वयं नदेखेको कारण यकिनन् भन्न
नसकिए पनि विभिन्न समयमा प्रसिद्ध लेखकहरुले लेखेका किताबहरु, त्यसैको आधारमा बनेका
सिनेमाहरु लगायत अन्य सामाजिक संजालमा देखे सुने अनुसार पाकिस्तानको बलुचिस्तामा एउटा
हुन्जा उपत्यका ( हुन्जा भेली ) छ रे जहाँको जनसंख्या लगभग नब्बे हजार छ र उनिहरुको
ओैसत आयु १२० बर्ष छ । ७० बर्षको उमेरसम्म त्यहाँको महिलाले बच्चा जन्माउछन् ? उनिहरु
१४०÷१५०
बर्षसम्म बाँच्छन् पनि भनिएको छ । यो हुन्जा घाटीबारे वास्तवमा सन १९८४ सम्म कुनै अत्तोपत्तो
थिएन तर सन् १९८४ मा लन्डनको हिथ्रो एअरपोर्टमा एकजना अब्दुल नामको पाकिस्तानी नागरिकको
पासपोर्ट चेकजाँचको क्रममा एकदम हट्टाकट्टा तन्नेरी देखिने अब्दुलको जन्म मिति हेर्दा
उ १५२ बर्षको हो भनेर कसैले पत्याउनै सकेन ,अनेक प्रकार चेकजाँच गर्दा उसको जन्म मिति
सही ठहरिए पछि यो घटनाले हुन्जा घाटी शोध खोज गर्नेहरु सबैको नजरमा पर्या । यो कुरा यहाँ
उल्लेख गर्नुको उद्देश्य लामो समय र स्वस्थ जीवन बाँच्न खानपिन र रहन सहन अत्यन्त महत्त्वपूर्ण
छ भन्ने कुरा पनि हुन्जा घाटीको बारेमा शोधखोज र अनुसंधान पछि सार्वजनिक गरिएका लेख,
वृत्तचित्र, सिनेमा आदिले प्रष्ट पारेका छन् । हालसम्म हुन्जा घाटीको एउटा मान्छेमा
पनि क्यान्सर र एचआईभीको सिम्टम् (लक्षण ) देखिएको छैन । अन्य रोगहरु पनि लागेको भन्ने
कुनै तथ्य छैन् । यी सम्पुर्ण कारणहरु खोज्दै जाँदा उनिहरु अहिलेसम्म पनि कुनै प्रकारको
आयातित खाना या जंकफुड खाँदैनन् । खेतबारीमा रसायनिम मल प्रयोग गर्दैनन्, कीटनाशक बिषाधी
प्रयोग गर्दैनन् ,लत्ताकपडा पनि आफैले बुनेका प्रयोग गर्छन् । हिउँपैरो बाट आउने चिसो
पानी पिउने र त्यही चिसो पानीले नै नुहाउने गर्छन् । खानपिन, रहनसहन सबै अर्गानिक छ
। जसको कारण अहिलेसम्म त्यस हुन्जा भेलीमा कुनै प्रकारको रोग या भाइरसले छिर्ने आँट गर्न सक्या छैन, त्यहाँ प्रवेश गर्ने
अनुमति पाएको छैन् । अबको आउने पुस्ता स्वस्थ, स्वच्छ, सुखी र खुशी रहन चाहन्छ भने जंकफुड बाइबाइ अर्गानिक
फुड हाइहाइ गर्न अत्यन्त जरुरी देखिन्छ !