३१७ वर्ष पुरानो बुद्धको मूर्ति चोरी

19.2k Shares

काठमाडौँ, फागुन १८ गते । ३१७ वर्ष पुरानो बुद्धको मूर्ति चोरी  भएको छ । ललितपुरको गोदावरी नगरपालिका ११ चिभा लाछीमा रहेको चिभामा राखिएको मूर्ति बुधवार राती चोरी भएको वडा अध्यक्ष निल बहादुर देसारले बताउनुभयो । 

बौद्ध चैत्य (चिभा) मा राखिएको मूल मूर्ति चोरी भएको उहाँले बताउनुभयो । घटनाबारे प्रहरीलाई जानकारी गराई दोषीको खोजी कार्य सुरु गरिएको देसारले बताउनुभयो । पछिल्लो समय मूर्ति चोरी हुने सङ्ख्या बढ्दै गएको भन्दै सुरक्षा र जनचेतनाका लागि कार्यक्रम समेत सुरु गर्ने तयारी थालिएको उहाँले बताउनुभयो । 

सम्बन्धित समाचार