आइजिपी थापाको सोझोपनाको फाइदा लि“दै डीआईजी सिंह

16.9k Shares

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीमा सुधारको सरुवात गरेपनि त्यसलाई चुनौति दिँदै केही प्रहरी अधिकारीहरुले विगतदेखि गर्दै आएको आफ्नो धन्दा जारी राखेका छन् । ती प्रहरी अधिकारीले प्रहरी मुख्यालयमै बसी वार्षिक करोडौं कमाउने गरेका छन्  ।
प्रहरीको भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख रहेका डिआइजी लोकेश सिंहले प्रहरीका हरेक निर्माणमा कमिशनवापत भन्दै मोटो रकम उठाउने गरेका छन् । पछिल्ला वर्ष प्रहरीको भौतिक निर्माणको काम बढेसँगै उनको कमाई पनि त्यही अनुपातमा बढेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।
धेरै जसो ठेक्का सेटिङमा दिएर उनले कमाउने गरेको स्रोत बताँउछ । उनले कसरी कमाउँछन् भन्ने कुरा प्रहरी प्रधान कार्यालय छेउमा निर्माण हुन लागेको बगैंचाबाट थाहा हुन्छ । निर्माणको क्रममा रहेको अडिटोरियम हलको अगाडि बगैंचा बनाउन हालै टेण्डर गरिएको थियो । पहिले सेटिङअनुसार लागतभन्दा दोब्बर मुल्यमा एक कम्पनीसँग सम्झौता भएको छ । जसमा करिब २० लाख भन्दा धेरै अनियमितता हुन लागेको स्रोत बताउँछ ।
अडिटोरियम हल निर्माणमा पनि ठूलो आर्थिक चलखेल भएको थियो । करिब सात करोड रुपैयाँमा सो हल निर्माण भएको हो । जून निर्माण सम्पन्न नहुँदै तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका थिए । जबकी अझै सो भवनको निर्माण जारी छ ।
हाल काठमाडौं परिसर र अपराध महाशाखाको मात्र १÷१ अर्बमा भवन निर्माण हुन लागेको छ । प्रहरी प्रधान कार्यालयमै पनि एक करोड हाराहारीकै भवन निर्माणाधिन छ । यो वर्ष पनि विभिन्न जिल्लामा निर्माण हुन लागेका भवनहरुमा अरबौंको बजेट छ । जसमध्ये करिब १ प्रतिशत सिंह र उनका कर्मचारीले राख्ने गरेको र अरु कमिशन माथिल्लो निकायमा बुझाउने गरेको स्रोत बताउँछ ।
सिंह प्रहरीमा अकूत सम्पत्ति भएका अधिकृत मानिन्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उनीविरुद्ध उजुरी परेपछि पावर लगाएर उनले आफ्नो मुद्दा तामेलीमा राखेका थिए । अहिलेका महानिरीक्षक थापाले कुनै पनि काममा सम्झौताअनुसार अलिकति पनि कम गुणस्तर हुन नदिन निर्देशन दिएका छन् । तर, डिआईजी सिंहले आफ्नो सेटिङअनुसार नै काम गरेको निर्देशनालय स्रोतको दावी छ । 
 

सम्बन्धित समाचार