ललितपुर । भावना सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभ लि.ले आफ्नो सत्रौं साधारण सभा सम्पन्न गरेको छ ।
सो सेभिङ्ग एण्ड को—अपरेटिभले गोदावरी नगरपालिका वडा नं. १२ स्थित डिजे पार्टी प्यालेसमा फगुन १३ शनिबार भव्यताका साथ साधारण सभा सम्पन्न गरेको हो । साधारण सभा कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभासद मिनकृष्ण महर्जनले पानसमा दियो बालेर उद्घाटन गरेका थिए । सो साधारण सभामा अतिथिहरु गोदावरी नगरपालिका उद्योग वाणिज्य महासंघका महासचिव तथा हात्तीबन बैंकेटका अध्यक्ष जयराम केसी, आठौं साफ गेमका स्वर्णपदक विजेता तथा कराँतेका वरिष्ठ प्रशिक्षक गंगाराम महर्जन, गोनपा १२ का वडा सदस्य तथा जिल्ला समन्वय समिति सदस्य शोभा कार्की, जेष्ठ नागरिक चौतारीका अध्यक्ष बालकृष्ण थापा, उपमा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरि भट्टराई, सुनगाभा महिला समूहका प्रतिनिधि करुण थापालगायत रहेका थिए ।
सो साधारण सभाको अध्यक्षता सो सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभका अध्यक्ष कबि बस्नेतले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष श्याम खण्डकाले गरेका थिए ।