भारतीय सचिवको नेपाल यात्राः प्रचण्डसँग दुई–दुई पटक बार्ता, दुई दिनमा १४ नेता भेटे

17k Shares

काठमाडौं/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई दुई पटक भेटघाट गरेर भारतीय बिदेश सचिव बिनय मोहन क्वात्रा स्वदेश फर्केका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल–भारत सचिवस्तरी बैठकमा सहभागी हुन आएका सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग दुई दुई पटक भेटघाट गरेका हुनु  । पहिलो पटक १ फागुनमा औपचारिक भेटघाट गरेका क्वात्राले २ फागुन साँझ वालुवाटारमा अनौपचारिक भेटघाट गरी स्वदेश फर्केका हुन ।नेपाल भारत सचिवस्तरीय वार्ताका लागि आएका भनिए पनि बिदेश सचिव क्वात्राले दुई दिनमा नेपालका १४ जना नेतालाई भेटघाट गरेपछि अन्तिमा पुनः प्रचण्डसँग भेटघाट गरेको स्रोतले बतायो । बालुवाटारमा मंगलबार साँझ भएको भेटघाटमा के के भयो ? त्यो भने खुल्न सकेको छैन । सो भेटलाई वालुवाटारले गोप्य राखेको छ ।

राष्ट्रपति निर्वाचनमा सत्तारुढ दल र प्रतिपक्ष दल बिच सहमति हुन नसकिरहेको तथा त्यसमा राजनीतिक दलहरुबिच घोचपेच भईरहेको बेला बिदेश सचिव क्वात्राले संघीय संसदका ठुला देखी साना दलसम्मका नेताहरुसँग गरेको भेटलाई अर्थपुर्ण रुपमा लिईएको छ । मुख्यतः राष्ट्रपतिको निर्वाचन र सत्तारुढ गठबन्धनका भविश्यका बारेमा उनले चासो ब्यक्त गरेका थिए ।

सबैजसो राजनीतिक दलका नेतासँग सो बारेमा चासो ब्यक्त गरेका बिदेश सचिव क्वात्राले अन्तिमा प्रधानमन्त्री प्रचण्डसँग ‘अनअफिसियल’ भेटघाट गरेर स्वदेश फर्केका हुन । 

सम्बन्धित समाचार