एकैदिन १९ सय ११ कोरोना संक्रमित थपिए

18.5k Shares

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९११ कोरोना संक्रमित थपिएका छन्।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ९११ जना कोरोना संक्रमित थपिएको बताए।

प्रवक्ता गौतमका अनुसार आज थप ९६१ जना संक्रमित निको भएका छन्। निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ।

सम्बन्धित समाचार