17.7k
Shares
काठमाडौं, २४ माघ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँ कायम रहेको छ ।
यसअघि सोमबार प्रतितोला ५०० रुपैयाँ बढेर १ लाख ४ हजार ६०० रुपैयाँमा काराेबार भएकाे सुनको मूल्य मंगलबार साेही मूल्यमा किनबेच भइरहेकाे महासंघले जनायाे ।
यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।