म नेपाल फर्किएको छु । बिगत एक महिना बिच मैले भारतको अस्पतालमा रही एक्लै क्यान्सरदेखि कोरोनासम्म झेंले । सुरुमा किड्नीमा क्यान्सर देखिई त्यो भाग निकाल्न भारतको मेदान्त अस्पतालमा भर्ना भएको थिएँ र त्यहाँ हरेक दिन ‘स्पा’ गर्ने (नुहाउन आउने) कर्मचारीबाट हुनुपर्छ (साएद) मलाई केभिड स¥यो । म कोभिड इन्फेक्सनमा पनि परें । क्यान्सरको अप्रेसन र कोभिड दुबैसँग मैले साथ—साथै संघर्ष गर्नुप¥यो । तर तपाइँहरूको साथ र भगबानको क्रिपाले यो अबस्थालाई मैले ब्यबस्थापन गर्न सकेँ । मलाई त्यो परिस्थिति झेल्न तपाइँहरूको भाबनात्मक साथको जरुरत थियो जुन मैले भरपुर पाएँ । पहाडदेखि हिमाल र तराइसम्मका पूर्बप्रहरी साथीहरूको नियमित सरोकार र हौसलाले मलाई रोगसँग लड्न आत्मा विश्वासी बनायो । यहाँहरूमा आभार ब्यक्त गर्दछु ।
अप्रेशनले गरेको १० दिन पनि भएको थिएन, र त्यस अप्रेशनले मलाई निक्कै कमजोर बनाएको थियो त्यस अबस्थामा अस्पतालका कर्मचारीका कारण कोभिडको संक्रमणमा पर्नु अलि दुःख लाग्ने कुरा थियो । तर मलाई त्यस अस्पतालका कर्मचारीहरूमाथि कुनै गुनासो थिएन । किनकी उनीहरू त्यस्तो जोखिमपुर्ण परिस्थितिमा पनि हाम्रो सेवा गरिनै रहेका थिए । भगबानका दुत झै भएर आफ्नो स्वास्थ्यको पर्बाह नगरी हामीहरूलाई स्वस्थ बनाउन समर्पित रही नै रहेका थिए ।
कोभिड पोजेटीभ भएपछि मलाई अस्पतालबाट एउटा तारे होटलमा सारियो जहाँ चिकित्सकहरू अतिनै सहयोगी थिए । घरमा थप पीर होला भनी जानकारी गराइन । कोभिड पोजेटिठभ देखिए पनि मेरो शरीरमा ज्वरो आउने देखि कुनै लक्षण देखिएन । तर आँखाले रुखÞ पात हेर्दा भने अली धमिलो देखेँ । यो एक मात्र मैले फिल गरेको लक्षण थियो । बाँकी मलाई अरु कुनै लक्षण आएन । तर विदेशमा एउटा कोठामा एक्लै धेरै दिन आइसोलेसनमा बस्दा चाहीँ घर परीबार र तपाई सहयोगी साथी भाइको खुब याद आउँदो रहेछ । यहाँहरूको यादले मैले समय काटें ।
मैले कोभिड चाहेको होइन र यसबाट बच्न राम्रै रोकथामको उपाए अपनाएको पनि थिएँ तर समाजनै कोभिडमय भएपछि संधै जोगीन सकिन्न भन्ने मलाई थाहा थियो र सुरुका दिनबाटै मैले कोबेडसँग भाग्न होइन जित्न र जुध्न सिक्नु पर्दछ भन्ने कुरामा बिश्वास लिइ रहेको थिएँ । आफैलाई कोभिड भएपछि मैले हरेक दिन त्यहाँको चीकित्सकहरूसँग यस बारे बढीभन्दा बढी कुरा जान्न खोजेँ । यो मेरा लागी यस रोगसँग लड्ने र अरुलाई जोगाउने सुचना प्राप्त गर्ने शुभ अबसर पनि थियो ।
डाक्टरले भने ‘जुन दिनबाट रोगको लक्षण देखिन्छ आँखा धमिलो देख्नु, दिसा लाग्नु, पेट गोलमाल हुनु, ज्वरो आउनु’ त्यस दिनबाट १३ दिनमा कोभिड कीटाणु मर्दछन् तर यस १३ दिनभित्र त्यसले ज्वरो बढाई निमोनिया नै नगराओस्, खोकी बडाई घाँटीमा इन्फेक्सन नगरोस्, छातीमा इन्फेक्सन नगरोस् भन्नका लागी केही एण्टीबायोटीक लिनु पर्दछ र शरीरको भाइटल साइनहरू हेरिरहनु पर्दछ । मुख्य अक्सीजनको मात्रा जाँच गरी रहनु पर्दछ ।
म होटलमा संचालित अस्पतालमा १० दिन बसे पछि मेरो कोरोना जाँच भयो र कोरोना नेगेटीभ आयो । डाक्टरहरूले मलाई त्यसै दिन डीस्चार्ज गर्न खोजे तर मैले नेगेटीभ आए पनि १४ दिन नै त्यो होटलमा संचालीत अस्पताल बस्ने इच्छा राखे र डीस्चार्ज लिइन । हरेक दिन चिकित्सकहरूसँग यो रोगका बारेमा थप कुरा सिक्न प्रयास गरी नै रंहें । म यस बारे बढीभन्दा बढी कुराहरू जान्न चाहान्थें ।
उहाँहरूले भन्नु भयो लक्षण सुरु भएको १४ दिनमा यो भाइरस आफै मर्ने छ । त्यस पछि कम्तीमा २—३ महीना यो सर्ने छैन किनकी नेगेटीभ आउनुको मतलब एन्टीबडी राम्ररी डेभलप हुनु पनि हो र त्यो एन्टीबडीले कोभिड इन्फेक्सनलाई नै आफै नियन्त्रण गर्ने हैसियत राख्दछ । फेरि इन्फेक्सन भए पनि त्यसको शक्ति क्षिण हुन्छ ।
विगत १ महिना मेरा लागी रोग ब्यथासँग लड्ने हिसाबले जीबनकै चुनौतीपूर्ण समय रह्यो । तर, मुलुकभरीबाट तपाईं पूर्बप्रहरी र बहालका साथीहरूले मेरो स्वास्थप्रति देखाउनु भएको चासो चिन्ता र सरोकारले मलाई ती डरलाग्दो रोगहरूसँग लड्न निक्कै बल मिल्यो । म यहाँहरू सबैप्रति मनबाटै आभार ब्यक्त गर्दछु ।
स्वास्थ सही हुनु पर्दछ अनि मात्र हामी आफ्ना र अरुका लागी असल काम गर्न सक्तछौं । साथीहरूको साथ समर्थन र भगबानको कृपाले मलाई राम्रो भएको छ र अब साथीहरूलाई बिश्वास दिलाउँदछु की म पुनः पुर्बप्रहरीहरूका हक हितका लागी पहिले झै सक्रियतापूर्बक र अझ भनौ पहिलेभन्दा सशक्त ढंगले लागी पर्ने छु । किनकी हामी बाँच्नु अरुका भलाइका लागी पनि केही अर्थ हुनुपर्दछ । पूर्वप्रहरी संगठनको पदाधिकारी भएका कारण हाम्रा काँधमा केही दायित्वहरू छन् जसलाई हामीले पुरा गर्नु पर्ने नै छ ।
जहाँसम्म केरोनाको कुरो छ, जुन प्रकारले यो फैलिएको छ त्यसबाट हामी केबल सतर्क भएर मात्र पनि जोगिन सक्तैनौ । हामीले यदि यो भयो भने कसरी आफै अनुमान गर्ने, थाहा पाउने र त्यसपछि यसलाई कसरी नियन्त्रण गर्ने ? भन्ने बारेमा बढीभन्दा बढ़ी कुरा बुझ्न जरुरी रहेछ । यहाँहरूलाई यसबारे थप कुरा जान्ने इच्छा भए मलाइ फÞोन गर्न सक्नु हुन्छ किनकी मैले यो भोंगे र ब्यबस्थापन गरें । कोरोनासँग डराउनुभन्दा पनि कोरोनालाई जान्न जरुरी रहेछ । जानेपछि ब्यबस्थापन गर्न गाह्रो रहेनछ ।
साथीहरू, म केही दिन होम क्वारेनटेनमै रहनेछु, त्यस पछि फेरि खÞास उद्देस्यको साथमा मेरो जीबन तपाईहरूको उद्देस्य प्राप्तिका लागी तपाईहरूसँगै सक्रिय हुनेछ । हामीलाई अगाडि बढ्नु छ जसरी अन्टार्टीकामा जाडोयाममा बरफका पहाडहरू फुटाउदै अरु जाहाजका लागी बाटो बनाउने जहाजÞ गन्तब्यमा पुग्ने गर्दछ, जसरी आकासमा उड्ने हबाइजाहाजले अगाडि आएका काला बादल र बर्षाहरूलाई सामना गर्दै गन्तब्यमा पुगेरै देखाउछ । जसरी समुद्रमा हिँड्ने जहाजÞहरू आँधी हुरी र चट्टानहरू सामना गर्दै अन्तमा गन्तब्यमा पुगी छाड्दछन् । हामीलाई पनि खÞास लक्षमा पुग्नु छ र हज्जारौ संख्याका तल्ला प्रहरीहरूका हितमा केही यादगार कामहरू गर्नुछ ।
हामी जसलाई भगबान भन्छौ तिनका जीबनमा पनि अनेकौ बाधाहरू आएको देखियो । कुनै भगबान देखिएन जसका असल काममा बाधा हाल्ने राक्षसहरू नभएको काल होस् तर पनि उनीहरूले तिनलाई परास्त गरेरै छाडे । हामी साथ—साथ हाम्रा र राम्रा लक्षहरू पुरा गर्न संगै काम गर्नेछौ ।
यहाँहरूको स्वास्थ कुशल मंगल रहोस् । आ—आफ्नो स्वास्थ दुरुस्त राख्न विशेष ध्यान दिनु होला किनकी यहाँहरूको स्वस्थ जीबन हाम्रा उद्देस्य प्राप्तिका लागी ज्यादै मुल्यबान छन् ।
म गंभीर रोगहरूबाट जुधिरहेको अबस्थामा मलाई स्वास्थ लाभको कामना गर्नु हुने र साथ दिनु हुने सम्पुर्ण शुभ—चिन्तक साथीहरूमा पुनः मुरी—मुरी आभार तथा धन्यबाद चढाउँदछु ।