सिद्धार्थ बैंकको नाफा एक अर्ब १६ करोड

17.2k Shares

काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब १६ करोड रुपियाँ खुद नाफा कमाएको छ ।  

गत आवको समीक्षा अवधिमा बैंकले १ अर्ब ५७ करोड रुपियाँ खुद नाफा कमाएको थियो ।

बैंकले आज प्रकाशित गरेको अपरिकृष्त वित्तीय विवरण अनुसार गत वर्ष ७ करोड ११ लाख रुपियाँ रहेको इम्पेरिमेन्ट चार्ज यो वर्ष १ अर्ब १९ करोड रुपियाँ पुगेको छ । 

वितरणयोग्य नाफा २१ करोड १९ लाख, प्रतिशेयर आम्दानी १६ रुपियाँ ५३ पैसा र प्रतिशेयर नेटवर्थ १६३ रुपियाँ २९ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ । 

सम्बन्धित समाचार