मन्त्रालयको भागबन्डा यसरी मिल्यो, आजै सपथको तयारी
- काठमाडौं । सत्ता गठबन्धनको सोमबार राति सम्पन्न बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाएको छ ।
- बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उच्चस्तरीय राजनीतिक संयन्त्र संयोजक एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने सहभागी थिए ।
- ‘कुन पार्टीलाई कति मन्त्रालय दिने ?’ नखुलाइए पनि मन्त्रीका शपथ भने आज दिउँसो १ बजे तय गरिएको छ । शपथपछि चार बजे सर्वदलीय बैठक बस्दैछ । आजको राजधानी दैनिकबाट