पेट्रोल, डिजेल र मट्टितेलमा तीन रुपैयाँ घट्याे

20.2k Shares

काठमाडौं/नेपाल आयल निगमले घटाएको पेट्रोलियम पदार्थको मूल्य गएरातिदेखि कार्यान्वयनमा आएको छ । निगम व्यवस्थापनले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर तीन रुपैयाँ घटाएको थियो ।  जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम गरिएको छ । 

यस्तै हवाई इन्धन (आन्तरिक तर्फ) को खुद्रा बिक्री मूल्य २० रुपैयाँ घटाएर प्रतिलिटर १७० रुपैयाँ तथा हवाई इन्धन (बाह्य तर्फ) को खुद्रा बिक्री मूल्य प्रतिकिलो लिटर अमेरिकी डलर २२५ (करिब प्रति लिटर रु३०) ले घटाई अमेरिकी डलर १,४२० प्रति किलोलिटर कायम गरिएको छ  

सम्बन्धित समाचार