18.4k
Shares
काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सभामुखको निर्वाचन आउँदो माघ ७ गते गर्ने तयारी गरेको छ । शुक्रवार बसेको सर्वदलीय बैठकमा सभामुखको निर्वाचनबारे छलफल भएको थियो ।
बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने विषयमा छलफल भए पनि मिति भने तोकिनसकिएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए । सभामुखका लागि नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ र छविलाल विश्वकर्माको नाम चर्चामा छ ।