बाग्मतीमा २५ पुसभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

17.5k Shares

काठमाडौं, २१ पुस बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि २५ पुसभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका छन् यससँगै सत्तारुढ दलहरु अप्ठ्यारोमा परेका छन्

सत्तारुढ दलहरुबीच प्रदेश सरकारको नेतृत्व मन्त्रालय भागवण्डा भइसकेको छैन २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने त्यसपछि केन्द्र प्रदेशको भागवण्डा टुंग्याउने तयारी थियो

एमाले माओवादीका नेताहरुले बाग्मतीमा पनि त्यसअनुसार नै सरकार गठनको प्रक्रिया अघि बढोस् भन्ने चाहेका थिए । किनकी एमाले माओवादी मात्र मिलेर सरकार बन्दैन राप्रपाको समर्थन अनिवार्य राप्रपाले केन्द्रमा सरकारलाई समर्थन गर्ने बताएपनि सहभागी हुने वा नहुने टुंग्याएको छैन प्रदेशमा पनि निर्णय भएको छैन सरकारमा सहभागी भएको अवस्थामा बाग्मती प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान लिने सम्भावना

त्यसैले सत्तारुढ दलका शीर्ष नेताहरुले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि भागवण्डा टुंगो लगाउने तयारी गरेका छन् तर प्रदेश प्रमुख शर्माले २५ पुसको अपराह्न बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्

माओवादी केन्द्रका एक प्रदेशसभा सदस्य भन्छन्, केन्द्रमा प्रधानमन्त्रीले विश्वासको मत लिएपछि भागवण्डा मिलाएर गर्ने भन्ने थियो अब अप्ठ्यारो पर्ने भयो

सम्बन्धित समाचार