भेटघाट, फूलमाला, खादालाई रोकेर अब निरन्तर काममा लाग्नु : गृहमन्त्री लामिछाने

18.8k Shares

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई भेट्नु नपर्ने बताएका छन्। शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।

‘हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन। हाम्रा कर्मचारी साथीहरू तपाईंको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्द छन्। हामी, हुने कामलाई यति समयभित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा छौं,’, उनले लेखेका छन् ।

मन्त्री लामिछानेले भेटघाट, फूलमाला, खादा र गम्छाको सिलसिलालाई रोकेर अब निरन्तर काममा लाग्नुपर्ने बेला आएकोसमेत बताएका छन्। 

सम्बन्धित समाचार