सरकार गठनको समयसीमा आज सकिंदै, सत्ता गठबन्धनको बैठक

18k Shares

काठमाडौं, १० पुस नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमा आज सकिंदै

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा बमोजिम सरकार बनाउन दलहरुलाई पुस १० गतेसम्मको समयसिमा दिएकी थिइन्

उक्त समयसिमा आइतबार अपरान्ह बजे सकिन लागेपनि दलहरुले सहमति जुटाउन सकेका छैनन् । वर्तमान सत्ता गठबन्धनले नै सरकार बनाउने कसरत गरे पनि प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको दाबीले सहमति हुन सकेको छैन

यही विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवासमा सत्ता गठबन्धनको बैठक बस्दैछ ।आलोपालो प्रधानमन्त्री हुँदा पहिलो प्रधानमन्त्री आफु हुनुपर्ने दुवै नेताको अडान रहेको

सम्बन्धित समाचार