काठमाडौँ, ५ पुस । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले एकसाथ मनोनयन दर्ता गराएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा स्थापित निर्वाचन समितिको कार्यालयमा पुगेर दुवैजनाले एकसाथ उम्मेदवारी दिएका हुन् । देउवाका लागि दलको नेतामा वरिष्ठ नेता रामचन्द्र पौडेल प्रस्ताव बसेका छन् भने समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन् ।
उता थापाको प्रस्तावकमा डा. शेखर कोइराला छन्। उनको समर्थकमा महामन्त्री विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुङ र काठमाडौं ५ बाट विजयी युवा नेता प्रदीप पौडेल उभिएका छन् ।
मंगलबार मनोनयन दर्ता सकिएपछि अब बुधबार चुनाव हुनेछ। यस पटक दलको नेतामा गगनले सभापति देउवालाई बलियो चुनौती दिने आँकलन छ ।