पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले गोल गरे। उसका लागि एन्जो फर्नान्डेज पेनाल्टीमा चुके।
नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गरे पनि भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा गोल गर्न चुके।
रोचक बनेको खेलमा २(० को अग्रता गुमाएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो। खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाले सुरुवाती अग्रता बनाएको थियो। उसका लागि नहुएल मोलिनाले गोल गरेका थिए। यो उनको विश्वकपकै पहिलो गोल हो। उनलाई मेस्सीले पास मिलाएका थिए।
खेलको ७३ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मेसीले दोस्रो गोल गरेका थिए। मेस्सीको गोलसँगै अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको थियो।
खेलको ८३ औं मिनेटमा नेदरल्यान्ड्सका वोउट वेघोर्स्टले गोल गर्दै खेललाई २(१ मा फर्काएका थिए। खेलको इन्जुरी समयमा उनै वेघोस्र्टले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा फर्काएका हुन्।
निर्धारित समयमा २(२ को बराबरी भएपछि थपिएको ३० मिनेटमासमेत गोल हुन सकेन। त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेर सकिएको हो।