भियतनाममा यस वर्ष ३ लाखभन्दा बढी डेंगु ज्वरो सङ्क्रमित, १२२ जनाको मृत्यु

19.8k Shares

हनोई - भियतनाममा यस वर्ष अहिलेसम्म तीन लाख २५, हजार ६०४ जना डेंगु ज्वरोका बिरामी फेला परेका छन् ती मध्ये १२२ जनाको मृत्यु भएको भियतनामको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत वर्षको सोही अवधिको तुलनामा डेंगु सङ्क्रमितको सङ्ख्या झण्डै पाँच गुणाले बढेको र मृत्यु हुनेको सङ्ख्या ९७ पुगेको बताइएको छ । त्यसैगरी जनवरी र नोभेम्बरको बीचमा २६९ जनामा इन्सेफलाइटिस सङ्क्रमण देकिएको र त्यसबाट पाँच जनाको मृत्यु भएको छ ।  रासस/सिन्ह्वा 

सम्बन्धित समाचार