धनुषा ४ मा मतगणना जारी, कांग्रेसको यादवले छ सय ८६ मतले लिए अग्रता

20.4k Shares

धनुषा । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा  निर्वाचन अन्तर्गत  धनुषा– ४ मा  मतगणना जारी रहेको छ । मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लानुभएको छ ।  मतगणनाको  सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिनुभएको थियो । 

मतगणनाको पछिल्ला विवरण  अनुसार यादवले छ सय ८६ मतले अग्रता लिनुभएको छ । उहाँले २७ हजार दुई सय छ मतप्राप्त गर्नुभएको छ   भने महासेठले २६ हजार पाँच सय २० मत प्राप्त गर्नुभएको मतदान अधिकृत सुदीप दङ्गालले जानकारी दिनुभयो । 

सम्बन्धित समाचार